सेनाले चीनबाट ल्याएको पिसिआर किट प्रयोग गर्न नमिल्ने ।

असार ९, नेपाली सेनाले जिटुजीमार्फत चीनबाट खरिद गरेर ल्याएको पिसिआर किटमा समस्या देखिएको छ। सेनाले खरिद गरेर ल्याएको ६ करोडभन्दा बढी मूल्यको बराबरको कोभिड १९ जाँच को प्रयोगशालामा आवश्यक पर्ने पिसिआर किट प्रयोगमा समस्या देखिएको हो।

सेना ल्याएको पिसीआर किट पोर्टेबल पिसिआर मेसिनका लागि प्रयोग गरिन्छ। यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओम्‍नी समूहसँग खरिद गरेका ५ वटा पोर्टेबल पिसिआर थन्किएका छन्। स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सेनाले हालै ल्याएको पिसिआर रिएजेन्ट किट हाल नेपालको प्रयोगशालामा प्रयोग भइरहेको भन्दा फरक रहेका प्रयोगमा समस्या भएको हो।

हालसम्म नेपालमा प्रयोग गरिँदै आएको आरएनए एक्स्ट्राक्सन किट, भीटीएम र पिसिआर रिएजेन्ट सबै आरटी पिसिआर प्रयोगशालामा प्रयोग गर्न मिल्ने खालका थिए । तर, एक महिनाअघि चीनबाट सेनाले ल्याएका ६ करोड बढी मूल्य बराबरको २८ हजार पिसिआर किट अन्य कम्पनीका किटसँग प्रयोग गर्न नमिल्ने भएपछि समस्या आएको हो।

एक महिनाअघि चीनबाट सेनाले ल्याएको ६ करोड बराबरको २८ हजार पिसिआर किट अन्य कम्पनीका किटसँग प्रयोग गर्न नमिल्ने भएपछि समस्या आएको हो। मन्त्रालयले स्रोतले भन्यो, ‘सेनाले ल्याएको पिसिआर किट हामीले प्रयोग गरिरहेको भन्दा फरक कम्बिनेसनको सेट आएको हुँदा कलेक्सन गरेर ल्याइएका स्वाब परीक्षणका लागि समस्या देखिएको छ।

जसले गर्दा अहिले सेनाले ल्याएको पिसिआर किट प्रयोग गर्दा अहिले जस्तो एक ठाउँमा कलेक्सन गरिएको स्वाब अर्को प्रयोगशालामा लगेर परीक्षण गर्न समस्या हुने भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार सेनाले चीनको सानस्योर कम्पनीबाट उक्त किट ल्याएको हो। मन्त्रालयका अधिकारीका अनुसार १ एमएल र ३ एमएलका फरक फरक भिटिएम हुन्छन्। तर, सेनाले ल्याएको भिटिएम १ एमएलको हो। उक्त भिटिएम कम गुणस्तर रहनुको साथै त्यसमा राखिएको स्वाब अर्को प्रयोगशालामा पठाउन मिल्दैन। १ एमएलको भिटिएम प्राय गरी पोर्टेबल पिसिआरका लागि उपयुक्त हुने विज्ञहरुले बताउँदै आएका छन्। सेनाले खरिद गरेर ल्याउने सामाग्रीको सूची तयारी गर्दा राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाले तयार पारेको मापदण्डअनुसार मन्त्रालयले सिफारिस गरेको जनाइएको छ।