नेपालमा काेरना संक्रमणबाट सुत्केरि महिलाकाे मृत्यु, संक्रमितकाे संख्या २८१ पुग्याे ।

जेष्ठ ३, काभ्रेको धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी २९ वर्षीया सुत्करी महिलाको मृत्यु कोरोना संक्रमणकै कारण भएको रिपोर्ट आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै ती महिलाको मृत्यु कोरोनाको कारणले भएको पुष्टि गरेको छ ।

सम्बन्धित क्षेत्रहरु सिल गरिएको छ । भोलि विज्ञ टोलीद्धारा महिलासँग सम्पर्कमा आएकाहरुको परीक्षण गरिने जनाइएको छ।

संक्रमितको संख्या २८१ पुगेकाे छ । जसमध्ये २ सय २६ जना पुरुष र ५५ जना महिल रहेका छन । संक्रमित सबैकाे स्वास्थ्य अवस्था सामान्य रहाेकाे र सम्पुर्ण बिरामीको विभिन्न अस्पतालमा उपचार भईरहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।