बिश्वकाे त्रास COVID-19

बैशाख २०, अहिले COVID19 पुर्ण परिभाषित पनी गर्न नसकेको खण्डमा जहा बाट यो प्रकोपको महामारी भयो चिनको युवान शहर, अहिले फेरी सबै नागरिकहरु आफ्नो सामान्य जिवनमा फर्की सकेको भन्ने खबर सुनिन्छन्।यस्तो किसिमको ब्यवहारले भैरसको परिभाषा नै धमिल्याएको छ। धेरै बिज्ञहरुको अनुमान छ की चिनले COVID19 लाई रोकथाम गर्न सफल भएको देखिन्छ तर त्यती मात्रले ढुक्क भई हाल्न नहुने हो भन्ने अनुमान गरेको छन्।यदी यसरी बाहिरी निस्किदिदा चिनले फेरी ठुलो बज्रपातको सामना गर्नु पर्ने स्थिती हुन सक्छ। भैरस झन पहिले भन्दा सकृय हुन सक्छ र ठुलो मात्रामा मानव सम्हार हुन सक्छ।
WHO का उच्च अधिकृत र तिस बर्ष पोलियो,ईबोला र अन्य संक्रमित रोगहरुमा अध्ययन गर्दै आएका बिज्ञ डाक्टर ब्रुस एलवर्डले (Dr. Bruce Aylward) चिनहरुका गभर्नरहरु र मेयर सँगको बहसमा “अझै पनी आउदैन या पहिलेको भन्दा ज्यादा सकृय हुदैन भन्न सकिदैन र धेरै भन्दा धेरै भेन्ट्लेटर खरिद गर्दै र अझ बेडहरुको संख्या बडाउने क्रममा जुटेको देखिन्छन् र साथ साथै समाजिक,आर्थिक र स्वास्थ जनजिवनलाई पनी लिएर जाने संक्ल्प लिएको देखिन्छन्”। हिजो अस्ती सम्म बृद्द र शिशुमा मात्रै यो अहितकारक हुन सक्छ भन्ने अनुमान पनी फेल खाएको छ जुन ईटालीमा १०% नवजवानहरु जो स्वस्थ छन् तिनीहरुको पनी मृत्यु संख्या बडिराछ र अचम्म को कारण अझै खुल्स्त छैन।

संसारका ख्याती प्राप्त इपिडेम्योलोजीस्ट(महामारी प्रकोपबिद्द) एण्ड भैरोलोजिस्टहरु (epidemiologist and virologist)नया ईयु कोभिड१९(EUCOVID19) परामर्सी टोली बनाई एक अर्कामा परामर्स गर्दै सहकार्य गर्न थालेको छन्। यस टोलीको सर्वेक्षण अनुसार लगभग ७०% संसारका जन संख्यामा यो फैलने अनुमान गरिएको छ र कोही मृत्यु या केही रोकथाम र कोही क्षमता शक्तिको बिकाष हुने तर कहिले सम्ममा यो समाधान होला भन्ने बिष्यमा तिनिहरु पनी अनबिज्ञ छन्।कम्तिमा पनी यस्को भ्याक्सिन तयार पार्न दुई बर्ष अवधी जाँच कै लागी लाग्ने भएकोले केही भन्न सकिन्न। The Coalition for Epidemic Preparedness Innovations (CEPI) भनाई अनुसार,भ्याक्सिन तयार पर्नै मात्र पनी असंख्य पुंजी लगानी भैसके र अझैपनी प्रयाप्त पुंजी नहुन सक्छ र कैयौ पुंजीबाद राष्ट्रहरुले लगानीमा कमी भने छाडेका छैनन्।

संसारमा यतीका प्रयासहरु हुदाहुदा पनी अझै के हो त COVID19 भन्ने खुल्लस्त छैन र उपचारको त आश नगरे हुन्छ हालसाल लाई। केवल रोकथामै मात्र गर्न सकिए पनी मानव अस्तित्वको लागी ठुलो मुल्य हुने छ।र आत्मा सान्तवनाको लागी बकमफुसे अन्तराष्ट्रकै शब्दजालमा नबुनि बस्न पारदर्शीता रहनेछ। राजनैतिक,समाजीक या भावनात्मक कुनै सुत्र पनी अन्धबिश्वासी सरह नै ठहरिनेछ।

Sources: https://sciencebusiness.net/news/world-leading-virologist-joins-new-eu-covid-19-advisory-team

https://www.google.com/amp/s/time.com/5805368/will-coronavirus-go-away-world-health-organization/%3Famp%3Dtrue

यस महामारीले पक्कै पनी हाम्रो जनजिवनमा ठुलो सन्त्रास छाएको छ। हाम्रो समाजिक सम्रचनालाई नै धक्का पुर्याएको छ।हाम्रो आस्था,प्रार्थाना, आदर्श, प्रतिबिम्ब, धार्मिक, दार्शनिक, राजनैतिक,आर्थिक चेतना पनी बिस्तारै अपरिहार्य नभएको जस्तो पनी देखिन गएको छ। अहिले समाजिक नै असमाजिक जिवन शैलीमा उत्रिसक्यो। न हामी नजिक जान सक्छौ न आदर्शलाई प्राथमिक्ता दिन सक्छौ।यस दुर्दशाले हामीलाई भोली निकै सतर्कता अपनौनु पर्ने जसो देखिन्छ।जुन समाजिक फासलाका नियम पालन गर्नु पर्ने भन्ने गरिएको छ भोली पनी पालना गर्नु पर्ने अपरिहार्र्य कानुन हुने छ। मजदुरहरुको भिडले कलकार्खना नचलाई यन्त्रमानव खटिएलान भन्न सकिन्न।आर्थिक बिक्लप डिजिटल प्रबिधिक नअप्नाई सुधार होला जस्तो देखिन्न।जुन परिस्थिति हेरी निर्नय लिने काम मात्रै ब्यक्तिले गर्ने छन्।गरिबीको मृत्यु संख्या बड्ने सम्भावनव देखिन्छ । आधुनिक सस्कारका हैसियत बिशेष धनी उच्च बर्गहरुनै जिबित हुने सम्भावना देखिन्छ।आज भाषाको समजदारीले,हामीलाई नबुझ्ने प्रकृतीक प्रकोपले;न त यी बुझ्ने भाषालाई बुझायो,न त यी मानिसले बुझेका छन्।

कती धेरैलाई अनेक थरीको समस्या छ,कसैको बाहिर निस्कने बाध्यता होला,कसैको यसै बखत सहयोगको भावना,कोही सामान्य बिमार नै भई अत्तालिएर अस्पताल जानु पर्ने होला तर उपचार गर्ने साधान छैन,डाक्टरलाई धमकौलान या डाक्टरले आहिले उपचार छैन भन्लान,कोही पत्रिका जुन बैज्ञानिक र अबैज्ञानीक छुट्याउन नजानी हामी जस्तै त्यस बिषयमा बिद्द नभई तर्क लगाएर लेख्लान र कोही त्यसैको पछी हो पनी भन्लान्। आज शिक्षीत र अशिक्षीत भन्ने बिषयमा पनी सबै छर्लंग्गै भई सकियो। बिज्ञानको कमीले आज यस्तो भयो।बैज्ञानिक भाषा गार्हो छ,आफ्नो संसकार, रिती, बिरुद्द छ।मनोरंजनात्मक यो छैन, त्यही भएर पन्छिनछन्। तर कसैलाई मन परोस नपरोस यो यथार्थ हो गार्हो छ,गहन गणित तौलिएर बुझ्नु पर्ने हुन्छ होच्वा या कल्पना, लोजिक पनी यहा प्रबेश निशेध हुन्छ।

यस संसारमा अनगिन्ती समस्याग्रसत छन्।समस्याको साथसाथै अनगिन्ती मस्तिष्क छन्। यस्ता मस्तिष्क की कुन बेला के गर्ने भन्दा पनी आफ्नो बिचारधारा बोकेको;कोही राजनैतिक,कोही धार्मिक,कोही ब्यपारिक,कोही पर्यावरण ज्ञाता (environmentalist), कोही भबिष्यतबीद्द, कोही सम्पादाता,कोही संयोगबिद्द, कोही पत्रकार, कोही,आयुर्विद्द र कोही सधै जसो जोखिम उठाई जनमानसको बिनासको घडी आई पर्दा दिनरात किटनासकको बिदीमा ज्यान जोखिम बनाई जाँच गर्दै,सुधार्दै या नमिले त्यसलाई पनक्ष्याउदै फेरी सुरु अवस्था देखी जाच्दै ,हुन्छकी भन्दै भाग्यवस मिलाई अगाडी हामीलाई बडाइरा हुन्छन् जस्लाई बिज्ञान भनिन्छ।

यस बखत सबै भन्दा जोखिम त हाम्रा डाक्टर र नर्सहरु देखिन्छन्। हो सबै अस्पतालमा बेडहरु थपिएका छन्। कती पय कोरोना संक्रमित आयो भन्दा पनी डाक्टरहरु आत्तिने गरेको पनी सुनिन्छन् र पत्रिकाले भन्ने पनी गर्छन् कि डाक्टरहरु त जाँच गर्न छाडेर भागे भन्दै । हे मुर्ख! माफ पाउ अर्धमानव! “बिज्ञान”न त हाम्रा प्रधान मन्त्री नत पत्रकार नत जनमानसमा थाहा छ। डाक्टरहरु पन्क्षिनु जाहेज हो। तिनीहरुलाई राम्रो सँग थाहा छ, सानो हेलचेक्राईले ठुलो प्रकोपले महामारी फैलिन सक्छ। अझै पनी डाक्टरहरु सबै डराएका छन् की यहा बचाउका लागी सुरक्षित साधान को अभाव छ।ईटालीमा डाक्टर नर्सहरु पनी मरिरा छन्। अझ पनी डाक्टर बिधार्थीहरु उल्टै फि तिर्नु पनी अनी तिनीहरु खटिराछन्।बरिष्ठ डाक्टरको पनी बराबर संम्लग्नता देखिनु पर्छ।हरेक अस्पतालमा आर्थिक सहयोग पनी आईसक्यो होला।डाक्टर र नर्सहरुको यहा सबैभन्दा पहिले सुरक्षा होस।

शिक्षीत, अशिक्षीत, साक्षर,असाक्षर के लाई भन्ने?अहिले यस्तो अपरिभाषित महामारी कोभिड१९ को बेला सभ्य नागरिकको पहिचान गराई जन चेतना फेलौना वजाय सेन्ट जेभियर स्कुलले सस्तो दरमा एडमिसन गरी फेरी शिक्षीत भनौदा अशिक्षीत अभिभावकहरु आत्मा हत्या गर्दै गरिएको पनी देखियो।शिक्षा जस्तो चेतनशिल शभ्य भनौदाको औकात त्यसतो छ अन्य को के भनौ? त्यसता अभिभावकका हातमा छन्,निमुखा बालबालिका! अब जनचेतना पनी कस्का लागी र किन? बुझलान कस्ले?

हामीले यती मात्रै बुझ्ने हो अहिले

STAY HOME #NO LOGIC #NO EMOTIONS #NO#OBLIGATION#TEST#TEST#TEST#TEST#TEST

अमृत भण्डारी