नेपाल आइस मिस कल्चर नेपालकाे उपाधि प्रतीक्षालाई

पाेखरा । पुष्पाञ्जली फेसन एन्ड इभेन्टद्वारा आयोजित छैठौ नेपाल आइस मिस कल्चर नेपाल २०२० को उपाधी विजेता प्रतीक्षा बास्तोलाले नेपालको विविध संस्कृतिलाई चिनाउन लागिपर्ने बताएकी छिन् ।

उनले सौन्दर्य प्रतियोगिताले भाषा धर्म संस्कार संस्कृतिसँगै राष्ट्रप्रतिको जिम्मेवारीलाई समेत बोध गर्न सिकाएको बताइन् ।

उनले भनिन्-“बाहिरबाट देखिने र बुझिने भन्दा निकै फरक हुने रहेछ, सौन्दर्य प्रतियोगिता जसले बाहिरी आवरण मात्रै होइन आन्तरिक सौन्दर्यतालाई पनि कसरी विकास गर्ने भन्ने टिप्स प्रदान गरेको छ ।”

बास्तोलाले मिस कल्चरको उपाधीसँगै आफूमा आत्मविश्वास बढेको र संस्कार संस्कृतिको विकास उत्थानमा आफु लागि पर्ने बताइन् । बास्तोलाले मोष्ट कन्फिडेन्ट टाइटल समेत हात पारिन् ।

प्रतियोगितामा त्यसै गरी फस्ट रनर अफ सपना गौतम, सेकेन्ड रनर अफ सुहाना क्षेत्री, थर्ड रनर अफ करुणा पौडेल र बिबिका लामिछाने, भ्युवर च्वाइस सुस्मिता पौडेल, अर्गनाइजर च्वाइस प्रतीक्षा मल्ल ठकुरी र सुस्मिता तिमिल्सिना र मोष्ट ट्यालेन्ट प्रतीक्षा सुवेदीले जित्न सफल भएका छन् ।

प्रतियोगितामा वेस्ट क्याटवाक आर्जु शाहि, वेस्ट हेयर र मस्ट इन्टिलिजेन्ट प्रतीक्षा सुवेदी, वेस्ट पर्फमेन्स र मस्ट पपुलर करुणा पौडेल, मस्ट ब्युटीफुल र बेस्ट फिगर सुहाना क्षेत्रि, वेस्ट स्किन स्वस्तिका श्रेष्ठ, वेस्ट डान्स सल्मा आले मगर, वेस्ट स्माइल र मस्ट फोटोजेनिक कृप्ती न्यौपाने, मस्ट डिसिपिलिन बिबिका लामीछाने, मस्ट एक्टिभ मनिसा राना, मस्ट हेल्पफुल सुस्मिता पौडेल, मस्ट फ्रेन्ड्ली प्रतीक्षा मल्ल ठकुरी, वेस्ट कल्चरल ड्रेस कृपा मल्ल ठकुरी, मस्ट कृयटिभ सस्मिता तिमिल्सिना, वेस्ट पर्फमेन्स र मस्ट पङचुवल सपना गौतम घोषित भए ।

‘हाम्रो संस्कृति हाम्रो पहिचान लोपोन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजित प्रतियोगितामा १५ जना प्रतियोगी सहभागी थिए ।

प्रतियोगीहरूले नेपालका लोपोन्मुख जातजातिका भेषभुषा झल्काएका थिए ।

कार्यक्रमको उदघाटन पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जिसिले गरेका थिए ।

कार्यक्रममा कर अधिकृत विजय लामिछाने, पर्यटन बोर्डका पुर्व सदस्य टिकाराम सापकोटा, हरपल फुडसका अध्यक्ष जनक धामी, सिजि ब्रुअरीका ब्रान्ड म्यानेजर मनिष सिंह, सिजि इलेक्ट्रोनिक्सका ब्रान्ड म्यानेजर दिवाकर नगरकोटि लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको निर्णायकहरुमा लेखक तथा समालोचक रेशम गिरि, फिल्मि डिरेक्टर सावित्री खत्री, ह्याप्पी बोर्डिङ स्कुलका प्रमुख कबिराज बराल, सन्चारकर्मी कविता श्रेष्ठ र कमल बराल, मोडल सोनु मल्ल र मोटिभेसनल स्पिकर इन्द्रमणि ढुङगाना रहेका थिए ।

प्रतियोगिताका विजेताहरुले एक हप्ता सिंगापुर मलेसि या विदेश भ्रमणको अवसर प्राप्त गरेको पुष्पाञ्जली इभेन्टका अध्यक्ष शोभा गौतमले जानकारी दिइन् ।