वडा नम्वर १९ मा मेलमिलाप केन्द्र स्थापना

पोखरा ।

पोखरा महागनरपालिका वडा नम्वर १९ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । केन्द्रको पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले आइतबार उद्घाटन गरिन् । उद्घाटनपछि बोल्दै उपप्रमुख गुरुङले मेलमिलाप मार्फत विवाद समाधान गर्दा समाजमा सद्भाव कायम हुने बताइन् । उनले मुद्धाले समाजमा शान्ति र सद्भाव भन्दा बदलाको भावना जागृत गराउने भएकाले स्थानीय तहका न्यायिक समिति र वडामा मेलमिलाप केन्द्रको परिकल्पना नेपालको संविधानमा व्यवस्था गरिएको बताइन् ।

उनले स्थानीय तहमै विवाद समाधान गर्दा पैशा र समयको बचत हुने बताउदै विवाद समाधानको उत्तम विकल्प मेलमिलाप हुने बताइन् । आफैले जिताएका जनप्रतिनिधि मार्फत वडा तहबाटै विवाद समाधान गर्दा अदालको झन्झटिलो, समय र पैशाको वचत हुने बताइन् । मेलमिलापले पक्षविपक्ष दुवैलाई आत्मसम्मान हुने गरी जितजित बनाउने भएकाले मेलमिलापक केन्द्र मार्फत विवादको समाधान खोज्दा राम्रो हुने बताइन । उनले महानगरले महिलाहरुलाई निशुल्क कानुनी परामर्शको व्यवस्था गरेको समेत बताइन । प्रमुख गुरुङले महिलाहरुलाई आत्मनिर्भर र आर्थिक रुपमा सक्षम बनाउन उपप्रमुखसंग महिला कार्यक्रम ल्याएको बताइन् ।

न्यायिक समितिका सदस्य किशोर बरालले न्यायिक समितिका गठन, समितिको क्षेत्राधिकार, समितिले हालसम्म गरेका काम र आगामी योजनाका बारेमा जानकारी गराए । उनले न्यायिक समितिले १३ वटा विवाद फैसला गर्न पाउने र ११ वटा विवादमा मेलमिलाप गराउन सक्ने व्यवस्था संविधानले गरेको बताउदै न्यायिक समितिको अधिकार क्षेत्र र मेलमिलापकर्ताको काम,कर्तब्य र अधिकार बारे जानकारी गराए ।न्यायिक समिति सदस्य पार्वती कार्कीले छिटो न्याय सम्पादन गर्नका लागि मेलमिलाप केन्द्र स्थापनाले सहज हुने बताइन् । पोखरा १९ का अध्यक्ष शोभामोहन पौडेलले पोखरा महानगरपालिका न्याय सम्पादनमा अन्य स्थानीय तह भन्दा अब्बल रहेको बताए ।

उनले मेलमिलापकर्ता समाजिक कार्यकता भएको बताउदै समाजिक सेवालाई आर्थिकसंग जोडन नहुने बताए । कार्यक्रममा मेलमिलापकर्ता तुलसीप्रसाद गौतम, नेकपा पोखरा १९ का अध्यक्ष विष्णु गौतम, नेपाली काँग्रेस १९ का सभापति महेश्वर पौडेल लगायतले मेलमिलापक केन्द्र स्थापनासंगै विवाद समाधानमा सहज हुने बताए । पोखरा १९ का अध्यक्ष शोभामोहन पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महानगर कानुन महाशाखाका कानून अधिकृत राममणी अधिकारीले गरेका थिए ।

न्यायिक समितिले महागनरका ३३ मध्य १५ वटामा मेलमिलाप केन्द्र स्थापना गरेको छ । न्यायिक समितिले वडा तहका विवाद वडामै मेलमिलाप मार्फत समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गर्नसक्ने व्यवस्था गरेको छ ।महानगरमा १७४ जना मेलमिलापकर्ता सुचिकृत भएका छन् ।