नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन कास्कीको वार्षिक साधारणसभा

पोखरा ।

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन कास्कीको वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम शनिबार भएको छ । पोखराको दोबिल्लामा भएको साधारणसभामा केन्द्रदेखि गण्डकी प्रदेशका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी तथा नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका महासचिव लक्ष्मी रावलले कानुन व्यावसायीहरु कानुनकै लागि लडिरहेको बताउनुभयो । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन नेपाली कांग्रेसको शुभेक्छुक संस्था भएकाले पार्टी कांग्रेसको नेतृत्व तहमा परेको गुट उपगुटको प्रभाव शुभेक्छुक संस्थामा पनि परेको बताउनुभयो । डेमोक्रेटिक लयर्स एसोसिएसनमा पनि त्यसको प्रभावले कानुन व्यावसायीहरुले पराजय भोग्न पुगको बताउनुभयो ।

कार्यक्रमका बिशिष्ट अतिथी पूर्व सभामुख, पूर्व कानुमन्त्री तथा नेपाली कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटले नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन साचेभन्दा कमजोर भएको बताउनुभयो । सांठनिक रुपमा राम्रो हुदाहुदै पनि प्राविधिक कारणले डमोक्रेट कानुन व्यावसायी पराजित हुदा अचम्ममा परेको उहाँको धारणा थियो । उहाँले सो कार्यक्रममा वर्तमान सरकारको आलोचना पनि गर्नुभएको छ । कानुन बनिसकेपछी कानुन कस्को लागि किन आवश्यक परेको हो भन्ने निकाय नभएकोले कति प्रभावकारी भयो भएन सरकारलाई केही वास्ता नभएको पनि बताउनुभयो । सरकारको पछिल्लो गतिविधी हेर्दा प्रजातान्त्रिक पक्रिया नै हराईसकेको आभास भएको उहाँको धारणा थियो ।

साधरणसभामा आगामी माघ २५ गते हुन गईरहेको नेपाल कानुन व्यावसायी परिषद पार्षद सदस्यको निर्वाचनमा गण्डकी प्रदेशबाट उम्मेद्वारी प्रस्तुत गर्ने अधिकांश अधिवक्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्ष अधिवक्ता यदुनाथ खनाल, गोपालकृष्ण गिरी, नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका कोषाध्यक्ष फणिनाथ कोइराला, वरिष्ठ अधिवक्ताको तर्फबाट कृष्णबहादुर थापाले शुभकामना व्यक्त गर्नुभएको थियो ।

गण्डकी प्रदेशका गोर्खा र लमजुङ बाहेक अन्य जिल्लाको सहभागिता रहेको कार्यक्रममा नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन तनहुका अध्यक्ष कमलामोहननाथ वाग्लेले आशन्न नेपाल कानुन व्यावसायी परिषद पार्षद सदस्यको निर्वाचनमा आफुपनि आकांक्षी भएपनि युवालाई अवसर दिने गरी कुनैपनि पदको दावेदारीमा नरहेको उद्घोष गर्नुभएको थियो । कार्यक्रममा नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व सचिव तुलसी घिमिरे, उच्च अदालत बार एसोसियसनका पूर्व अध्यक्ष रामचन्द्र तिवारी, नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन धवलागिरीका अध्यक्ष निरञ्जनलाल राजभण्डारी, अधिवक्ता ज्ञानेन्द्र अधिकारी, उच्च अदालत बार एसोसियसन कास्कीका अध्यक्ष रोहितराज बास्तोला लगाएतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्षल विष्णु प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कमल पौडेलले गर्नुभएको थियो । वार्षिक साधरणसभामा एसोसियसन कास्कीकी कोषध्यक्ष कृष्ण कुमारी गुरुङले आर्थिक प्रतिवेदन र सचिव सचिव कमल पौडेलले वार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो ।