मृगौला पिडित समाजको र्यालीको तयारी

पोखरा ।

मृगौला पिडित सरोकार समाज नेपालको आयोजनामा शनिबार पोखरामा मृगौला बचाउ आफूपनि बचौं अरुलाई पनि बचाऔं नाराका साथ विभिन्न कार्यक्रम गर्ने भएको छ ।

समाजले पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालबाट निस्केको र्याली महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड हुँदै पृथ्वीचोकमा पुगि कोणसभामा परिणत हुने समाजले एक विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

र्यालीमा मोटोपन, मधुमेह, तथा उच्च रक्तचापलाई नियन्त्रण गरौं, अंग फेल हुनबाट बचौं, अंग प्रत्यारोपणमा लैंगिक भेदभावको अन्त्य गरौं, आफ्नो स्वास्थ्यबारे सचेत रहौं, उपचार भन्दा रोकथाम बेस लगायतका नारा तय गरिएको समाजका गण्डकी प्रदेश अध्यक्ष सञ्जय कुमार रानाभाटले जानकारी दिए ।

बिहान अस्पताल प्राङगणबाट बिहान ९ बजेबाट सुरु हुने र्यालीमा सहभागी हुन नागरिक समाज, विद्यार्थी, कर्मचारी, शिक्षक, व्यापारी, स्वास्थ्यकर्मी लगायत आम जनसमुदायलाई आह्वान गरिएको छ ।