गायक बिनोद बानियाले कोरियाको डान्सपार्टीमा नचाउने, मुस्ताङको शिक्षा र स्वास्थ्यका लागि खर्च गरिने

पोखरा ।

मुस्ताङ परिवार दक्षिण कोरियाले आउँदो सलनाल(आउँदो २४ जनवरी २०२० मा राजधानी सउलस्थित एक सुविधा सम्पन्न हलमा “सलनाल डान्स पार्टी” आयोजना गर्ने गर्ने भएको छ ।

डान्सपार्टीमा नेपालका ख्याती प्राप्त कलाकारहरुको सहभागिता रहने कोरियाबाट बोम्जन गुरुङले जानकारी दिए । उक्त पार्टीका लागि गायक विनोद बानिया, डिजे नानी सुस्मिता महर्जन, डिजे सि मन आकर्षण रहेको जनाइएको छ ।

मुस्ताङ जिल्ला स्थित दुर्गम भेगमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगार्थ को मुख्य उद्वेश्य सहित “सलनाल डान्स पार्टी” आयोजना गर्न लागिएको र कार्यक्रमका लागी ५०, हजार वोन भन्दा माथि सहयोग गर्ने सहयोगीहरुलाई टिकटसँगै हलभित्रै खाजा सेट उपलब्ध गराइने मुस्ताङ परिवारका अध्यक्ष छिरिङ गुरुङले जानकारी दिए ।

संस्थाका वरिष्ठ उपाध्यक्ष रोबिन गुरुङ थप्छन । सन् २००१ मा स्थापित यस संस्थाले विभिन्न संस्थाहरुसँग सहकार्य र हातेमालो गर्दै आइरहेको छ । यसअघि २००९ आयोजना गरिएको डान्सपार्टी कार्यक्रममा जस्तै यो पटक पनि उल्लेखनीय सहभागिता हुनेमा विश्वस्त छौं ।”

यस संस्थाले विविध क्षेत्रमा विशुद्ध सामाजिक सेवा गर्दै आइरहेको परिप्रेक्ष्यमा आयोजना गर्न लागिएको “सलनाल डान्स पार्टी” कार्यक्रममा सहभागीताको लागि आयोजकले आग्रह गरेको छ ।