घलेल ल्होछार उत्सव ः भलिबलमा राम्चेको बिजयी सुरुवात

पोखरा ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका ८÷९ घलेलमा ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सेवा गरौं’ भन्ने नारा सहित जारी ‘२१ औं ल्होछार घलेल उत्सव २०७६’ मा मार्दी युवा क्लब राम्चेले बिजयी सुरुवात गरेको छ ।

बौद्ध सृजना युवा क्लबको खेल मैदानमा आज (बुधबार) भएको पहिलो खेलमा लालीगुँरास युवा क्लब कालीमाटीलाई पराजित गर्दै राम्चेले बिजयी सुरुवात गरेको हो । कालीमाटीलाई राम्चेले २५–२० र २५–१३ को सोझो सेटमा पराजित गर्दै राम्चे अघिल्लो चरणमा प्रदेश गरेको क्लबका सदस्य झक गुरुङले जानकारी दिए ।

उनका अनुसार दोस्रो खेलमा नौढोके युवा क्दले जै शम्भो युवा क्लब नाँगीलाई २५–११ र २५–११ को सोझो सेटमा पराजित गर्याे । त्यस्तै तेस्रो खेलमा जुरेभुमी युवा क्लब तप्राङले आयोजक पहेलो लाई २५–२३ र २५–१८ को सोझो सेटमा पाखा लगाउदै अघिल्लो चरणमा प्रबेश गर्याे । आज भएको अन्तिम खेलमा न्यू जेनेरेशन क्लब क्वीबाङले २५–२०, २३–२५ र २५–२२ को अंक सहित आयोजक रातोलाई पराजित गर्दै बिजयी सुरुवात गरेको गुरुङले बताए ।

आगामी २० गते सम्म सञ्चालन हुने सो उत्सवमा पुरुष तथा महिला भलिबल प्रतियोगितासँगै प्रौढ (भेट्रान्स) भलिबल (३२ वर्ष माथि), सटफुट छेलो प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, महिला मेच घुमाई प्रतियोगिता, घैटो फुटाउने प्रतियोगिता, सटफुट छेलो प्रतियोगिता (प्रौढ), तथा एकल नृत्य खुल्ला नृत्य लगायतका प्रतियोगिताहरु समाबेश गरिएको क्लबका अध्यक्ष राम गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार पुरुष भलिबल तर्फको बिजेता टिमले ट्रफी, मेडल, तथा प्रमाणपत्र सहित नगद ७० हजार रुपैयाँ प्राप्त गर्नेछ त्यस्तै उपबिजेता टिमले ट्रफी, मेडल, तथा प्रमाणपत्र सहित नगद ४० हजार हात पार्नेछ भने सान्त्वना स्थान हासिल गर्ने टिमलाई मेडल, तथा प्रमाणपत्र सहित नगद २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

त्यस्तै महिला तर्फ बिजेता हुने टिमलाई ट्रफी, मेडल, तथा प्रमाणपत्र सहित नगद २० हजार रुपैयाँ र उपबिजेता हुने टिमलाई ट्रफी, मेडल, तथा प्रमाणपत्र सहित नगद १० हजार रुपैयाँ प्रदान गरिने उनले बताए । गुरुङका अनुसार दर्ता शुल्क २ हजार ५ सय निर्धारण गरिएको छ ।

त्यस्तै प्रौढ तर्फको बिजेता टिमलाई ट्रफी, मेडल, तथा प्रमाणपत्र सहित नगद १० हजार रुपैयाँ प्रदान गरिने बताए । उनका अनुसार उपबिजेता टिमलाई ट्रफी, मेडल, तथा प्रमाणपत्र सहित नगद ८ हजार प्रदान गरिने छ भने अन्य प्रतियोगिताहरुका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।