प्रेरणालाई महिला एकल उपाधी

पोखरा ।

प्रेरणा कोइरालाले माछापुच्छ्े ओपन टेनिस प्रतियोगिता अन्तर्गत महिला एकलको उपाधी जितेकी छन् । पोखरा रंगशालामा आइतबार भएको फाइनलमा खेलमा सलोनी तामाङ्गमाथि ७–५ र ६–१ को सोझो सेटमा जित हाँसिल गर्दै शिर्ष वरियताकी प्रेरणाले सो उपाधी आफ्नों नाम गराएकी हुन् ।

कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा जारी १७ औं संस्करणको प्रतियोगिता अन्र्तगत मेन्स डबल्समा संरक्षक भुषण बज्राचार्य र नविन मगरको जोडीले बाजी मा¥यो । प्रदिप खड्का र प्रणव खनालको जोडीमाथि ६–३, ६–३ को सहज नतिजा निकाल्दै संरक्षक जोडीले सो उपाधी रक्षा गरेको हो । मेन्स सिंगलतर्फ संरक्षकले प्रदिपलाई तथा प्रणवले नविनलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको भेट्रान्सतर्फ ३५ वर्ष माथि डबव्स उपाधी राजु श्रेष्ठ (काठमाण्डौ) र कमल भण्डारीको जोडीले जितेको छ । सिमान्त गुरुङ्ग र राजु श्रेष्ठ (गोरखा) जोडीलाई ६–१, ४–६ र सुपरटाईमा १०–६ को कठिन जित निकाल्दै राजु जोडीले सो उपाधीमा आफ्नों नाम लेखाएका हुन् ।

४५ वर्ष माथिको डबल्स उपाधी भने पोखरेली खेलाडीद्वय गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछानेको नाममा रहयो । फाइनलमा गोपी जोडीले मनोज राणा र विमल गुरुङ्गको जोडीमाथि ६–३ र ७–६ को नतिजा निकालेका थिए । यसअघि गोपी ४५ वर्ष माथिको एकल सेमिफाइनलमा विमल गुरुङ्गसंग ६–३, ६–३ को सेटमा पराजित भएका थिए । सोही उमेर समुहको अर्को सेमिमा चन्द्र शाहीले अनु जोनमाथि ६–१, ६–० को नतिजा निकाल्दै अन्तिम दुईमा आफ्नों स्थान सुरक्षित पारेका थिए ।

५५ वर्ष माथिको डबल्समा कमल थापा र झ्याम्पा ढुण्डुप जोडी च्याम्पियन बन्यो । थापा जोडीले समिर शेरचन र अनिल तुलाचनसंगको अन्तिम चुनौती ७–६ र ६–२ ले पार लगाएका हुन् । ६५ वर्ष माथि डबल्स उपाधी दिपक श्रेष्ठ र ज्ञानेन्द्र ताम्राकारको जोडीले जितेको छ । फाइनलमा विष्णु गुरुङ्ग र मेजर लक्ष्मीप्रसाद गुरुङ्गको जोडीलाई ४–०, ४–० ले पराजित भए ।

३५ वर्ष माथिको एकल सेमिफाइनलमा कमल भण्डारीले सिमान्त गुरुङ्गलाई ७–६ र ६–१ ले तथा राजु श्रेष्ठ गोरखाले छेवाङ लामालाई ५–७, ६–४ र सुपरटाईमा १०–८ को संघर्षपूर्ण नतिजा निकाल्दै फाइनल खेल्ने निश्चित गरे ।

५५ वर्ष माथिकै एकल उपाधीका लागि भेट्रान च्याम्पियन कमल थापा र अनिल तुलाचन भिड्ने भएका छन् । थापाले प्रदिप शाहमाथि २–६, ६–४ र १०–८ को संघर्षपूर्ण जित निकालेका हुन् । अनिललाई पनि मनोज राणाले सजिलै जित भने दिएका होइनन् । अनिलले राणामाथि ६–२, ४–६ र सुपरटाईमा १३–११ को कठिन जित निकालेका थिए । ६५ वर्ष माथिको एकलमा ज्ञानेन्द्र ताम्राकारले विष्णु गुरुङ्गलाई तथा दिपक श्रेष्ठले छेतन नर्केललाई पराजित गर्दै फाइनलमा पुगेका छन् ।