मैत्रीपूर्ण क्रिकेटमा पत्रकार मञ्च गण्डकी ९ विकेटले विजयी

पोखरा ।

नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकी मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा विजयी भएको छ ।
पोखरा प्रिमियर लिगको फाइनल पूवाद्र्धमा पोखरा रंगशालामा शुक्रवारको खेलमा खेलकुद पत्रकार मञ्च, काठमाडांैलाई ९ विकेटले पराजित गर्दै खेलकुद पत्रकार मञ्च गण्डकी विजयी भएको हो ।

टस जितेर पहिला व्याटिङ्ग गरेको काठमाडांैले पूरै ६ ओभर खेल्दै आफ्ना ७ विकेट गुमाई २८ रनको सामान्य योगफल तयार पारेको थियो । विनोद लामिछानेको कप्तानीमा मैदानमा उत्रिएको घरेलु टोलीको धारिलो बलिङसामु काठमाडौंका टोली कुनै पनि समय खेलमा पकड बनाउन सकेनन् । गण्डकीको लागि मन क्षेत्रीले ३, लोकेन्द्र ढकालले २ र नीरज पन्तले १ विकेट लिए ।

पोखराका उपकप्तान उमेश पुनले १ उत्कृष्ट क्याचका साथै काठमाडांैका १ जनालाई रनआउट गरेका थिए । झिनो लक्ष्यको जवाफी ब्याटिङमा उत्रेको गण्डकीले चौथो ओभरमै मात्र १ विकेट क्षतिमा सहज जित हात पारेको हो ।

गण्डकीतर्फबाट ओपनर ब्याट्सम्यान विनोद लामिछानेले १ चौकासहित अभिजित ११ रनको योगदान दिए । सुशान्त गाहामगरले १ चौका मद्दतले अभिजित ९ रन तथा र सुरज श्रेष्ठले २ रन बनाएका थिए । गण्डकी टीममा सागरराज तिमिल्सिना, विजय नेपाली, सुमन गुरुङ, रोहितराज पराजुली, सुजन शर्मा, अनिष भट्टराई, सुमिन सुनार लगायत मैदान उत्रिएका थिए । टोली प्रशिक्षकमा नारायण शाही र म्यानेजरमा विजय नेपाल थिए ।

यसैबीच, खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरीले विजयी टोलीलाई बधाई ज्ञापन गर्दै पत्रकारिताको यो व्यवहारिक अभ्यास भएको बताए ।