माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिस पोखरामा शुरु

पोखरा ।

कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा बिहिबारदेखि पोखरामा १७ औं माछापुच्छ्रे बैक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन दिन मेन्स सिंगलतर्फ भएको खेलमा प्रणव खनालले तारामान गरुङ्गलाई ६–०, ६–० ले, सम्रक्षक भुषण बज्राचार्यले निसान श्रेष्ठलाई ६–०, ६–० ले, निरज गुरुङ्गले समिर क्षेत्रीलाई ६–०, ६–४ ले, राजेन्द्र महर्जनले भिष्म काउछालाई ६–४, ६–४ ले, अनिल शाहिले सुदर्शन सिग्देललाई ६–२, ६–३ ले पराजित गरेका छन् ।

३५ वर्ष माथिको एकलमा नविन श्रेष्ठले केवी लामालाई ६–३, ६–३ ले, सञ्जय श्रेष्ठले अनिल कुमार गुरुङ्गलाई ६–१, ६–० ले, लक्ष्मण लामाले सोम रानालाई ४–६, ६–० र सुपरटाईमा १०–७ ले, विकास गुरुङ्गले अमितसिंह गुरुङ्गलाई ६–०, ६–२ ले, राजन पौडेलले विरेन्द्र लामालाई ४–६, ६–० र सुपरटाईमा १०–८ ले पराजित गरे ।

४५ वर्ष माथिको एकलमा गोपीबहादुर भट्टराईले विष्णुप्रसाद चापागाईलाई ६–२, ६–१ ले, अनुज बाँस्तोलाले हुम आलेलाई ६–४, ६–२ ले, राजु गुरुङ्ग युकेले धरम कोइरालालाई ६–३, ७–५ ले पराजित गरेका छन् । विकास गुरुङ्गले विष्णु थापालाई ६–०, ६–१ ले, नारायण पहारीले उत्तम बोगटीलाई ७–६, ७–४, ३–६ र सुपरटाईमा १०–५ ले पराजित गरे । त्यस्तै चन्द्र शाहीले मुनेष थापालाई ६–०, ६–२ ले, धरमसिंह लामिछानेले बालकृष्ण गुरुङ्गलाई ६–२, ६–१ ले पराजित गरे ।

३५ वर्ष माथिको डबल्समा सञ्जय श्रेष्ठ र अनिल सेन्चुरीको जोडीले सोम राना र विष्णुप्रसाद चापागाइको जोडीलाई, ४५ वर्ष माथि दोर्जे लामा र अनु जोनको जोडीले पदम गुरुङ्ग र लोकबहादुर गुरुङ्गको जोडीलाई ६–०, ६–३ ले तथा ५५ वर्ष माथिको डबल्समा प्रदिप शाह र राम रानाले सञ्जय श्रेष्ठ र कर्ण तामाङ्गलाई पराजित गरेका छन् ।

५५ वर्ष माथिको एकलमा कर्ण तामाङ्गले सुरेन्द्र माकाजुलाई ६–२, ६–० ले, राजकुमार गुरुङ्गले अब्दुल समादलाई ६–३, ६–१ ले तथा स्मिथ वाल्टरले डियोनम लामालाई ६–१, ६–० ले पराजित गरे ।

यसअघि गण्डकी प्रदेशका सांसद माननिय विन्दुकुमार थापाले एक समारोहका विच प्रतियोगिता निर्देशक कुमार अधिकारीलाई टेनिस बल हस्तान्तरण गर्दे प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिता उद्घाटन गर्दै सांसद थापाले गण्डकी प्रदेश सरकारले पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेको बताउँदै पोखरामा खेल पर्यटनको विकासमा टेनिसले महत्वपूर्ण योगदान दिएको उल्लेख गरे । संघले आयोजना गर्ने राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगिताले स्वस्थ्य नागरिक उत्पादन तथा अनुसाशित समाज निर्माणमा भूमिंका निर्वाह गरेको बताए ।

सो अवसरमा टेनिसका अग्रज खेलाडी अशोक पालिखेले पोखरामा टेनिसको शुरुवातका दिनहरुको स्मरण गरेका थिए भने नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले पोखरामा टेनिस विकास क्रमका बारेमा प्रकाश पारेका थिए । उद्घाटन समारोहमा १३ औं दक्षिण एशियाली खेलकुदमा पदक जितका नेपाली टेनिस खेलाडीहरुको सम्मान गरिएको थियो ।

संघ कास्कीका सचिव नविन चालिसेले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक लोक गुरुङ्गले स्वागत मन्तव्य राखेका थिए । प्रतियोगितामा मेन्स सिंगल, डबल्स, उमन्स सिंगल डबल्स तथा ३५, ४५, ५५ र ६५ वर्ष माथि मेन्स सिंगल र डबल्सगरि विभिन्न १२ इभेण्टमा प्रतिस्पर्धा हुनेछ ।