छैठौं संस्करणको मिस कल्चर नेपालको अडिसन सम्पन्न

पोखरा ।

‘हाम्रो संस्कृति हाम्रो पहिचान, लोपोउन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूलनाराकासाथ स्थापित पुष्पाञ्जली फेसन एण्ड इभेन्टले पोखरामा विगत ५ बर्षदेखि सञ्चालन गर्दै आइरहेको मिस कल्चर नेपालको छैठौं संस्करण अन्तर्गतको पहिलो अडिसन सम्पन्न गरेको छ ।

अडिसनमा कास्की आसपासका विभिन्न जिल्लाहरूबाट इच्छुक अविवाहित नारीहरूको सहभागिता रहेको थियो । पोखराको न्यूरोड स्थित सगुन रेष्टुरेण्ट एण्ड बारमा भएको अडिसनबाट १३ जना प्रतियोगी छनौट गरिएको आयोजकले जनाएको छ ।

पछिल्लो समय नेपालमा पश्चिमेली संस्कृतिको प्रभाव नराम्रोसँग युवा पुस्तामा परेको र नेपाली संस्कृति विस्तारै विस्तापित गइरहेकाले यस कार्यक्रममार्फत विदेशी संस्कृतिबाट बढी प्रभावित युवा पुस्तालाइनै संस्कृति र रितिरिवाज जोगाउन लागि पर्ने वातावरण सृजनाका निम्ति पनि यस कार्यक्रम अझ प्रभावकारी तवरले अगाडि बढाउन लागिएको पुष्पाञ्जली फेशन एण्ड इभेन्टकी अध्यक्ष शोभा गौतमले बताइन् ।

अडिसनबाट छनौट भएकाहरूलाई ४५ दिनको प्रशिक्षण पश्चात फाइनल कार्यक्रममा प्रवेश गराइने र विजेतालाई स्कुटर सहित चाँदीको क्राउन प्रदान गरिने कार्यक्रम संयोजक दिनेश शर्माले जानकारी दिए । कार्यक्रमको मुख्य प्रायोजकमा सिजि ब्रुअरी नेपाल (नेपाल आइस बियर), प्रिजेन्टेड बाइमा प्रभु बैंक र पावर्डबाइमा हरपल चामल रहेका छन् ।