शुक्रवार पोखरामा मिस नेपाल २०१८ श्रृङखला खतिवडा सहितको द फेशन सो हुने

पोखरा ।

पोखरामा शुक्रवार द फेशन शो हुने भएको छ । वाइज मन्की इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको उक्त फेशन सोमा पोखरा र काठमाण्डौका गरि डेढ दर्जन मोडलहरुले सहभागिता जनाउने फेशन सोका संयोजक रविन पराजुलीले जानकारी दिए ।

फेशन सोका प्रमुख आकर्षणका रुपमा मिस नेपाल वल्र्ड २०१८ श्रृङखला खतिवडा, मिस नेपाल युनिभर्स २०१८ मनिता देवकोटा, नेपाली चलचित्रका नायिका अना शर्मा , सुपर मोडेल सविता कार्की, सृजना रेग्मी रहेका छन् । उनीहरुलाई पोखराका मोडेलहरु काशु गुरुङ्ग, सिम्रन गौचन, सिम्रन क्षेत्री, सबनम सुनार, अनुपमा बास्तोला, स्वरुपा स्थापित, रोशनी आचार्य, सेहनाज बानु, अक्स्मी क्षेत्री, कृतिका भुजेल र गंगा ग्याबकले साथ दिनेछन् । यस्तै पुरुष मोडेलहरुमा नविन लिम्बु, हिंमाशु टि.बी राना, तोर्डन मगर, इशान गुरुङ्ग र जेनिथ गुरुङ्ग रहेका छन् ।

उनीहरुले काठमाण्डौका २ तथा पोखराका २ डिजाइनरले तयार पारेको पोशाकमा र्याम्प वक गर्ने छन् । डिजाइनरहरु तेन्जिन भुटिया, मनिष राई, रचयिता माकाजु र सन्देशा राईले सोका पोशाक डिजाइन गर्ने इभेन्ट म्यानेजर सनिज गुरुङ्गले जानकारी दिए ।

सो शुक्रबार पौष ४ गते इलेमेण्ट रेष्ट्रो एण्ड बार खहरे लेकसाइडमा हुने छ । साँझ ५ बजेबाट शुरु हुने कार्यक्रमका लागि टिकद दर ३ हजार र २ हजार तोकिएको छ । उक्त टिकटमा प्रवेश तथा डिनरको व्यवस्था गरिएको आयोजकले जनाएको छ । ‘४ वटा सिक्वेन्समा हुने फेशन सोमा आकर्षक नृत्य पनि समेटेका छौं।’ इभेन्ट म्यानेजर सनिज गुरुङ्गले भने ‘पोखराको फेशन ट्रेण्ड तथा फेशन सोहरुलाई अझ स्तरिय बनाउनका लागि यो कार्यक्रमको आयोजना गरेका हौं । कार्यक्रममा ४ सय दर्शकको अपेक्षा गरेको उनले बताए ।