शुक्रबार टुरिष्ट रोडमा जोभनको सांगितिक प्रस्तुती

पोखरा ।

द भ्वाइस अफ नेपालका प्रतिस्पर्धी गायक जोभन भुजुले शुक्रबार द टुरिस्ट रोड रेस्टुरेण्ट एण्ड बिस्ट्रोमा विषेश सांगितिक प्रस्तुती राख्ने भएका छन् । हल्लनचोकबाट करिब ३ किलोमिटरको दुरीमा रहेको रेष्टुरेण्टमा भुजुले साँझ ६ बजेदेखी १० बजे सम्म नेपाली पुराना तथा नयाँ क्लासिक गितहरु गाउने छन् ।

युट्युबमा चर्चित रहेका गायक भुजुले पहिलोपटक पोखरामा प्रस्तुती दिन लागेका हुन् । द टुरिष्ट रोडका संचालक अर्जुन सुवेदीले गाह्रकहरुलाई लक्षित गर्दै प्रत्येक महिना विषेश सांगितक कार्यक्रम राख्ने योजना अनुरुप सांगितक कार्यक्रम आयोजना गरिएको बताए ।

उनले उक्त दिन मेनुमा रहेका परिकार तथा पदार्थहरुमा कुनैपनि अन्य शुल्क नजोडिने जानकारी दिए । शुक्रबारको लाइभ बार्बे क्यु सहीतको क्याम्प फायरको समेत व्यबस्थापन गरिएको सुवेदीले बताए । ‘जाडोको समय पनि छ ग्राहक तथा दर्शकहरुलाई थप रमाइलो बनाउने उद्धेश्यले लाइभ बार्बे क्यु सहीतको क्याम्प फायर गर्नेछौं’,उनले भने ।

कार्यक्रममा नमस्ते वियर मुख्य प्रायोजक, ओल्ड मंक र हिव्स्की सह प्रायोजक , मोर्डन देवदर्शन इन होटल पार्टनर र बगैंचा रिर्सोट हस्पिटालिटी पार्टनरको रुपमा रहेका छन् । टुरिष्ट रोडमा करिब २ सय जना अट्ने क्षमता रहेको छ । उक्त दिन दर्शकहरुलाई निशुल्क प्रवेशको व्यबस्था गरिएको सुवेदीले जानकारी दिए ।