पोखरा ।
नेपालमा यहि मंसीर १५ गते देखि २४ सम्म आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत पोखरामा हुने आठ खेलका लागि सात सय २२ जना पुरुष तथा महिला खेलाडीको सहभागीता हुने भएको छ ।
पोखरामा हुने आर्चरी, भारोत्तोलन, ह्याण्डबल, फुटबल, विच भलिबल, ट्राइयाथोलन, व्याडमिन्टन र महिला क्रिकेट खेलमा प्रतिस्पर्धाका लागि पुरुष भन्दा महिला खेलाडीको संख्या बढि रहेको छ । आठ खेलको लागि ४ सय १ महिला खेलाडीको सहभागीता रहेको छ भने ३ सय २१ जना पुरुष खेलाडीको सहभागीता रहेको १३ औँ साग प्राविधिक समितिका सचिव बलराम लामाले जानकारी दिए ।
पोखरामा हुने खेलको लागि आयोजक नेपालले ८ खेलमा पुरुष ५२, महिला १०२ र अफिसियल २६ जना रहेका छन । भारतबाट ५ खेलको लागि १ सय ७२ जना खेलाडि तथा अफिसियलको सहभागीता रहेको छ जसमा ४१ जना पुरुष, ६१ जना महिला खेलाडि तथा २५ जना अफसियल रहेका छन । भारतले आर्चरी र महिला क्रिकेटमा भने सहभागीता जनाएको छैन ।
माल्दिभसबाट ५ खेलमा १ सय ३६ खेलाडि तथा अफियलको सहभागीता रहेको छ जसमा पुरुष ४१, महिला ६१ र ३४ अफिसियलको सहभागीता रहेको छ । माल्दिभसले आर्चरी, भारोत्तोलन र ट्राइयाथोलनमा सहभागीता जनाएको छैन । बंगलादेशबाट ६ खेलको लागि खेलाडि तथा अफिसियल गरि १ सय ५० जनाको सहभागीता रहेको छ जसमा पुरुष ५९ जना, महिला ५५ र ३६ जना अफिसियल रहेका छन । बंगलादेशले महिला फुटबल र ट्राइयाथोलनमा सहभागीता जनाएको छनै ।
पाकिस्तानबाट ५ खेलमा ९४ जना खेलाडी तथा अफिसियलेको सहभागीता रहेको छ । जसमा पुरुष ३८ जना, महिला ३५ र अफिसियल २१ जनाको सहभागीता रहेको छ । पाकिस्तानले महिला फुटबल, महिला क्रिकेट र ट्राइयाथोलनमा सहभागीता जनाएको छैन ।
श्रीलंकाले आठ खेलमा १ सय ७५ जना खेलाडी तथा अफिसियलको सहभागीता रहेको छ । जसमध्ये पुरुष खेलाडी ६१, महिला खेलाडि ८१ र अफिसियल ३३ जनाको सहभागीता रहेको छ ।
भने भुटानबाट चार खेलको लागि खेलाडि तथा अफिसियल गरी ४२ जनाको सहभागीता रहेको छ । जसमध्ये पुरुष २९, महिला ६ तथा अफिसियल ७ जना रहेको छ । प्रतियोगितामा सबैभन्दा कम सहभागीता भुटानको रहेको छ । भुटानले ह्याण्डबल,महिला फुटबल, विच भलिबल र ट्राइयाथोलनमा सहभागीता जनाएको छैन ।
पोखरामा ९ खेल हुने भनिएपनि प्याराग्लाइडिङ भने नहुने भएको हो । प्याराग्लाइडिङबाट नेपालले स्वर्णपदकको आश गरेको थियो । नेपालले स्वर्णको आश गरेको खेल साग गेम बाट हटाइएको छ । साग गेममा २७ खेल हुने भनिएपनि २६ खेलमात्र हुने भएको छ । जस मध्ये पोखरामा ८ खेलमात्र हुने छ ।