पोखरा ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य एवम् कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङ (करण) ले कास्की निर्वाचन क्षेत्र नं. २ मा मंसीर १४ गते हुने उपनिर्वाचन राजनैतिक हिसावले पार्टीको अग्नी परिक्षाकोरुपमा रहेको बताउनु भएको छ ।
पेशागत व्यवसायि निर्वाचन परिचालन कमिटी पोखरा १७ द्धारा आयोजित विस्तारित भेलाको आज यहाँ उद्घाटन गर्दै उहाँले निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन, मतदाता शिक्षासंगै मतको संरक्षणका लागि नेतृत्व र कार्यकर्ता तह संगठित भएर लाग्न आग्रह गर्नुभयो ।
सरकारकारको समृद्धिको अभियानलाई सफल बनाउन कार्यकर्ता उत्पादनसंग जोडिनुको विकल्पन नभएको बताउादै उहाँले कृषि, पर्यटन र विद्युत मुलुकको समृद्धिको आधार भएको उल्लेख गर्नुभयो ।
नेकपा कास्की जिल्ला अध्यक्ष एवम् निर्वाचन परिचालन कमिटीका संयोजक कृष्ण थापाले इमान, जमान र स्वाभिमान सहित निर्वाचनमा जुट्न सकेमात्र विजयी सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो ।
विस्तारित भेला आयोजिक समितिका संयोजक चित्रराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा जिल्ला सदस्य सुवर्ण श्रेष्ठ, पोखरा १७ का वडाअध्यक्ष तिर्थ अधिकारी, कृष्ण लम्साल लगायतले निर्वाचनमा मसिनो तरिकाबाट जुट्नु पर्नेमा जोड दिनुभयो ।