लायन्स क्लब पुष्पाञ्जलीद्धारा मानव आश्रमलाई सहयोग

पोखरा ।

लायन्स क्लब अफ पोखरा पुष्पाञ्जलीले पोखराको छोरेपाटनमा रहेको मानव आश्रमलाई खाद्यान्न सहयोग प्रदान गरेको छ । क्लबले बिहिवार एक कार्यक्रमकाबीच आश्रमलाई आवश्यक पर्ने खाद्यान्न सामाग्री वितरण गरेको हो ।

सेवा नै धर्म हो भन्ने उद्घोषका साथ आयोजित कार्यक्रमका प्रमुख अतिथि डिपुटी डिपार्टमेन्ट चिफ लायन हरीराज पन्तले उक्त खाद्यान्न सामाग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा जोन चियर पर्सन लायन कृष्णप्रसाद पराजुली, सचिव लायन कमल बराल लगायतको उपस्थिति रहेको थियो ।

लायन्स क्लब अफ पोखरा पुष्पाञ्जलीका संस्थापक अध्यक्ष लायन शोभा गौतमको अध्यक्षतमा भएको कार्यक्रमको संयोजन लायन यामप्रसाद तिमिल्सिनाले गरेका थिए ।