पाठेघरको मुखको क्यान्सर अवार्डनेस एवं परीक्षण शिविर हुने

पोखरा

नेपाल अवुद्र्ध रोग निवारण संघ कास्कीको आयोजना नेपाल परिवार नियोजन संघ कास्कीको प्राविधिक सहयोगमा तनँहुमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी अवार्डनेस एवं निशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना हुने भएको छ ।

आँउदो शनिवार भिमाद नगरपालिका वड़ा नं २ टेक्रेभंझ्याङ स्थित श्री बालविकास मा विमा शिविर संचालन गरिने नेपाल अवुद्र्ध रोग निवारण संघ कास्कीका अध्यक्ष रामचन्द्र थापाले जानकारी दिनुभएको छ ।

क्यान्सर निको हुन्छ सुरुमैं उपचार गरेमा भन्ने उद्घोषका साथ शिविरलाई सब्य र भब्य रूपमा सम्पन्न गर्नका लागि लायन्स क्लब अफ पोखरा पिस सिटी, प्रभात आर्ट्स महेन्द्रपुल पोखरा, इनर ह्विल क्लब पोखरा, किहुँ अरूणोदय मिलन समाज पोखरा भिमाद नगरपालिका वड़ा नं १ र २ आयोजक रहेका छन भने सहयोगी स्थानीय संघ संस्थामा सगरमाथा युवा क्लब, प्रगतिशील युवा क्लब, जÞिवनज्वोती युवा क्लब, रघु मिश्रित युवा क्लब, रघु सामुदायिक होम स्टे, सूर्योदय पंचे बाजा समूह, एभरेस्ट सर्जिकल महेन्द्रपुल र के आर प्याकेजिंग इण्डस्ट्रीज पोखरा र कविराज सुबेदी रहनु भएको छ ।

पाठेघरको मुखको क्यान्सरले पछिल्लो समय धेरै महिलाको ज्यान लिने गरेको पाइएको छ । सानै उमेरमा धेरै सन्तान जन्माउँदा र असुरक्षित यौन सम्पर्कले यो रोगको जोखिम बढिरहेको चिकित्सक बताउँछन् । ‘बेलैमा उपचार गरे निको हुने यो समस्यालाई धेरै महिलाले लुकाउँदा जोखिम बढिरहेको छ ।