१ हजारको सित्तैमा मधुमेह र टिजी जाँच

पोखरा ।

विश्व मधुमेह दिवसको अवसरमा शनिबार भएको शिविरमा १ हजार ७० जनाको सित्तैमा मधुमेह तथा रगतमा हुने खराब बोसो जाँच गरिएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोग र क्लस्टर १६, रिजन ३२ र ३३ र जोन ६९, ७०, ७१ र ७२ का १५ लायन्स क्लब र लायन्स पोखरा पिस टाउनको संयुक्त आयोजनामा शिविर भएको हो ।

शिविरमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा नवराज पौडेलले विभिन्न रोगबारे प्रकाश पार्ने छन् । साथै उक्त अवसरमा सबै प्रकारका रक्त परिक्षणमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ । युआरएल प्रांगण, सभागृहचोकमा बिहान ७ देखि दिउँसो १ बजेसम्म हुने शिविरमा अरु सबै प्रकारका जाँच पनि ५० प्रतिशत छुट दिइनेछ ।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले सामाजिक उत्तरदायित्व वहन गर्दै स्थापना कालदेखि नै युआरएलले निशुल्क शिविरहरु गर्दै आएको बताए ।