जेष्ठ नागरिक र बालबालिकासंग मनाए पौडेलले जन्मदिन

पोखरा ।

युवा ब्यवसायी जितेन्द्र पौडेलले आफ्नो जन्मदिन असाय जेष्ठ नागरिक र बालबालिकासंग मनाएका छन् । पौडेलले बुधबार आफ्नो ३८ औं जन्मदिनको अबसर पारेर पोखरा २६ सहेंला पाखामा रहेको कृष्ण प्रणामी मन्दिर वृद्ध तथा बाल आश्रम पुगेर जेष्ठ नागरिकलाई सहयोग हस्तान्तरण गरि जन्मदिन मनाएका हुन् ।

उनले सहेंलापाखाको वृद्ध तथा बाल आश्रममा रहेका ९ जना जेष्ठ नागरिकका लागि ओड्ने न्यानो कपडा कम्मल, हात पुछ्ने गम्छा र खाजा सामग्री हस्तान्तरण गरेका थिए । जाडोमा न्यानो कपडा पाएपछि बुद्धबृद्दाले खुसी व्यक्त गर्दै पौडेललाई जन्मदिनको शुभकामना र आशीर्वाद दिएका थिए । यस्तै पौडेलले जन्मदिनको अबसर मै बुधबार पोखरा ११ रानीपौवामा रहेको सत्यसाई बाल आश्रमलाई समेत खाध्यन्न सामाग्री हस्तान्तरण गरेका छन् । पौडेलले बाल आश्रम पुगि बच्चाहरुसंग जन्मदिनको केक समेत काटेर रमाइलो साटासाट पनि गरेका थिए ।

उक्त बाल आश्रममा ९ जना बालकहरुले आश्रय लिदै आएका छन् । जन्मदिनमा महँङ्गा होटल तथा पाटी प्यालेसहरुमा कार्यक्रम गरि फजुल खर्च गर्ने संस्कार बिस्तार भईरहेको बेला पौडेलले भने समाजमा रहेका असाय नगरिकहरुलाई सहयोग हस्तान्तरण गरि जन्मदिन मनाउदै उदाहरण प्रस्तुत गरेका छन् । उनले जन्मदिनलाई रचनात्मक रुपले मनाउन पर्छ भनेर नै आफुले केही बर्षदेखि यसरी समाजमा रहेका असाय नागरिकसंग जन्मदिनको खुसी साटासाट गर्ने गरेको बताए ।सानो सहयोगले नि असाय जेष्ठ नागरिक तथा बालबालिकाहरुलाई राहत मिल्ने लागेर नै अरु तिर हुने फजुल खर्च बचाएर आफु वृद्ध तथा बाल आश्रम पुगेको उनको भनाई थियो ।

सबैले आफ्नो जन्मदिन, बैवाहिक बर्षगाँठ वा आफ्न्तको पुन्यतिथीमा मात्रै यस्ता ठाउँ सम्झने हो भने पनि समाजमा दुख पिडामा रहेका ब्यक्तिहरुलाई राहत पुग्न सक्ने पौडेलले बताए । जेष्ठ नागरिक र बालबालिकासंग जन्मदिन मनाउदा आफुमा आत्म सन्तुष्टि प्राप्त भएको र समाजका लागि अझै केही गर्नु पर्छ भन्ने उत्पेरणा प्राप्त भएको उनको भनाई छ । उनले त्यी बाल आश्रम र बृद्दाश्रममा आश्रय लिएका जेष्ठ नागरिक र बालकहरुको आखाँ उपचारमा सहयोग गर्ने घोषणा गरेका छन् । पौडेल पोखरामा क्रियाशिल युवा ब्यवसायी हुन् ।उनले दूधजन्य कृषि उत्पादन र स्वास्थ्य क्षेत्रमा लगानी गरेका छन ।नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको केन्द्रिय सदस्य समेत रहेका पौडेल पोखराको पुरानो तथा चर्चित पद्म नर्सिङ होममा पनि कार्यरत रहेका छन् ।