नेपाली जनताको सम्मान र अधिकारका लागि कांग्रेसको उम्मेदवारी ः विमलेन्द्र निधि

पोखरा ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली जनताको सम्मान र अधिकारका लागि कांग्रेसको उम्मेदवारी रहेको बताएका छन । कास्की २ को उपनिर्वाचनको पूर्वसन्ध्यामा विहिबार (आज) मनोनयन दर्ता कार्यक्रममा सहभागी हुन पोखरा आएका निधिले विगत दुई वर्षमा ओली सरकारले गरेका कामको मूल्याङ्कनका आधारमा आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आग्रह गरे ।

विगतमा कांगे्रस सरकारले गरेका कामहरु र अहिले नेकपा सरकारले गरेका कामहरुको तुलना गरेर मतको सदुपयोग गर्न उनको आग्रह थियो । उनले अहिलेको ओली सरकारले जनताको दैनिक जिवन लगायतका विषयलाई लाद्ने काम गरेको बताउदै लोकतन्त्र माथि आउने खतराको संकेतलाई निर्मुल पार्न कास्की २ मा कांगे्रसले जित्नुपर्ने धारणा राखे ।

‘कांग्रेसले यो उपनिर्वाचनलाई टेस्ट केसको रुपमा लिएको छ’, उनले भने,‘जुलुस गरेर मात्रै निर्वाचन जितिदैन, कास्की क्षेत्र नं. २ मा भएका ७१ हजार मतदातामा पुगेर उनिहरुको मनोभावना बुझ्नुपर्छ ।’मंसिर १४ गतेको उपनिर्वाचनका लागि अहिले देशभरको ध्यान कास्की क्षेत्र २ मा रहेको बताउदै निधिले निर्वाचनका माध्यम कास्कीको परिणामले सन्देश दिइने बताए । अन्तराष्ट्रिय स्थरमा समेत उपनिर्वाचनको चर्चा चर्को छ ।

कास्की २ मा अग्रज नेता खेमराज पौडेलको नेतृत्वले कांग्रेस भित्रको गुटउपगुटको अन्त्य भएको उनले बताए । उम्मेदवारको चयनको विषयमा सकरात्मक प्रतिक्रिया पार्टीलाई मिलेको उनको भनाई थियो । कांग्रेस केन्द्र सुद्रिने प्रयास गरेको निधिले बताए । २००७ साल देखि अहिले सम्म कांग्रेसले नेपाली जनताका लागि क्रान्ति गरेको बताउदै कास्की २ को उपनिर्वाचनमा अत्याधिक मतले नेपाली कांग्रेसलाई विजयी बनाउन निधिको आग्रह थियो ।

नेपाली कांग्रेसका पुर्व केन्द्रिय आमन्त्रीत सदस्य शुक्रराज शर्माले कास्कीको हकमा केन्द्रले विवेक पु¥याएर निर्णय गरेको बताए । नेपाली कांग्रेसमा अहिले सम्म व्यक्तिले चुनाव लडेको बताउदै अहिलेको उम्मेदवारीले कांगे्रसले लड्ने उनले दाबी गरे । युवालाई रोजगारी,व्यापारीको लगानीको रक्षा, विदेशमा भएकाहरुलाई स्वदेशमै काम गर्ने वातावरण बनाउन नेपाली कांग्रेसले अहम भूमिका रहने उनको भनाई थियो । लोकतन्त्रवादी भन्दै कम्युनिष्टहरुले झुक्काएको हुँदा प्रजातन्त्रको सुरक्षाका लागि नेपाली कांग्रेसलाई मत प्रदान गरि जिताउन उनको आग्रह छ ।

कांग्रेस कास्कीका पूर्व सभापति एंव पूर्व कानुनमन्त्री यज्ञबहादुर थापाले नेकपाले दमन भय त्रासको आधारमा निर्वाचनको तयारी गरेको आरोप लगाए । गुण्डा प्रयोग गरेर काङग्रेसलाई हराउनु पर्छ भन्नेहरुलाई जवाफ दिनुपर्ने बेला आएको उनको भनाई थियो । लोकतन्त्रको सबलीकरण र भ्रष्टाचार नियन्त्रणका लागि काङ्गे्रसको उम्मेदवारी रहेको उनले बताए ।

कांग्रेस कास्कीका सभापति कृष्ण केसीले कांग्रेसले किसान, सुकुम्बासी र डोकोमा तरकारी बेच्नेहरुका लागि चुनाव जित्नुपर्ने धारणा राखे । ढिलै भएपनि कडा उम्मेदवार केन्द्रले चयन गरेको बताउदै व्यवस्थित ढंगले सबैको मन जित्ने गरि चुनावमा लाग्न उनको आग्रह छ । वली सरकारले २ वर्षमा राष्ट्रियता बेचेको आरोप लगाउदै ज्यादतीका विरुद्द कांग्रेस खरो रुपमा उत्रने उनले बताए ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य जिवन परियारले वर्तमान सरकार कसरी पैसा कमाउने र कार्यकर्तालाई मोजमस्ती गराउने ध्यानमा भएको आरोप लगाए । कांग्रेसकै नेतृत्वमा सबै समस्याको समाधान हुने उनको भनाई छ । कांग्रेसका पूर्व महामन्त्री एंव पूर्व सभामुख तारनाथ रानाभाटले देशलाई कम्युनिस्ट अधिनायकवाद बनाउने प्रयास भएको बताउदै त्यसको जवाफ कास्की क्षेत्र २ ले दिनुपर्ने धारणा राखे । उनका अनुसार अहिलेको निर्वाचन जनमत सङग्रह पनि हो ।

उम्मेदवार खेमराज पौडेलले आफु निमित्त मात्रै भएको र सिपाहीको रुपमा काम गर्न तयार रहेको बताए । क्षेत्र नं २ का समस्या संग आफु ज्ञात रहेकाले यो क्षेत्रको विकासमा टेवा पु¥याउन सबैसंग लबिङ गर्ने क्षमता आफुमा भएको हुँदा अत्याधिक मत प्रदान गरि जिताउन उनको आग्रह थियो ।

खेमराज पौडेलको उम्मेदवारी संगै कांग्रेस उत्साही भएको पुर्व राज्य मन्त्री नेपाली कांग्रेसका नेता महादेव गुरुङले बताएका छन । ओली सरकार भाषणमा जति सक्षम थियो व्यवहारमा नभएको उनको आरोप छ । मनोनयन दर्ता पश्चात कांग्रेस कास्की क्षेत्र २ ले आयोजना गरेको आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले ओली सरकार भ्रष्टचारले विक्षप्त भएको बताए । लोकतन्त्रको सुद्धिकरण र भ्रष्टाचारको अन्त्यका लागि कांग्रेसले जित्नुपर्ने उनको भनाई थियो ।