पुस्तकालय ज्ञानको भण्डार हो सभापति कोइराला

पोखरा ।

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापती दीपक कोईराला (रुपक)ले पुस्तकालय ज्ञानको भण्डार भएको बताउनु भएको छ ।

पोखरा महानगरपालीका वडा नं २९ को भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयको १२ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दे सोही क्षेत्रबाट निर्वा्चित प्रदेश सांसद समेत रहनु भएका सांसद कोइरालाले सो कुरा बताउनु भएको हो ।

समुदायमा चेतना जगाउन सामुदायिक पुस्तकालयहरुको भुमिका महत्वपूर्ण रहने कोइरालाको भनाई थियो ।बाचनालयबाट सुरुवात गरि अहिलेको बदलिदो परिवेशको माग अनुसार दीपशिखा सामुदायिक पुस्तकालय अगाडी बढेकोमा खुशी व्यक्तगदै प्रदेशकै उत्कृष्ट पुस्तकालय बनाउन आफनो तर्फ बाट सधै सहयोग रहने प्रतिबद्घता समेत व्यक्त गर्नुभयो ।

पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा सम्पन्न साधारण सभामा बोल्दै कार्यक्रममा बोल्दै पोखरा महानगरपालीका वडा नं २९ का वडाध्यक्ष चेतबहादुर गुरुङ्गले पुस्तकालयका कार्यक्रमहरु पाठक मुखी रहेकामा प्रशंशा गदै आगामी दिनमा अझै प्रगतिको कामना गर्नुभयो ।

पुस्तकालयका सचिव पदम प्रसाद अधिकारी र कोषाध्यक्ष ऋषिराम भण्डारीले प्रस्तुत गरेका प्रतिवेदन हरु पारित गरिएको साधारण सभामा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकाल,नियमीत पाठक पूर्ण प्रसाद ढुगाना, असिम सिग्देल लगायतले पुस्तक पढने बानीको बिकासमा जोडदिनु भएको थियो ।

पुस्तकालयका उपाध्यक्ष जंगबहादुर गुरुङ्गले धन्यबाद ज्ञापन गरेको उक्त कार्यकमको सञ्चालन सचिव पदम प्रसाद अधिकारीले गर्नुभएको थियो ।