पोखरा ।
हरेक वर्ष जस्तै पोखरामा यसवर्ष पनि भाइटिका महोत्सवको आयोजना हुने भएको छ ।पर्यटन प्रबद्र्धन गर्ने हेतुले तिहारको अवसर पारी पोखरामा तेह्रौ संस्करणको भाइटिका महोत्सवको आयोजना हुने भएको हो ।
पश्चिमाञ्चल होटल संघले प्रत्येक वर्ष भाइटिका महोत्सवको आयोजना गर्दै आएको छ । महोत्सव कात्तिक १२ गते हुने आयोजकले जानकारी गराएको छ । उक्त महोत्सव लेकसाइड स्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा हुने तयारी सुरु भएको छ ।
स्वदेशी तथा विदेशी पर्यटकमा आपसी भाइचारको सम्बन्ध गास्न महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष विकल तुलाचनले बताए । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत महोत्सवको प्रचारप्रसार राम्रो हुने उनको विश्वास छ । नेपाली संस्कृतिको संरक्षण र पर्यटनको प्रबद्र्धन स्वरुप उक्त महोत्सव आफुहरुले आयोजना गर्दै आएको उनले जानकारी गराए ।
‘महोत्सवले राम्रो सफलता पाइरहेको छ’, उनले भने, ‘पर्यटकहरु दो¥याएर समेत टिका लगाउन आउन थालेका छन ।’ महोत्सवमा रेन्वो चिल्ड्रेनका २० जना बहिनीहरुले पर्यटकहरुलाई दाजुको रुपमा सप्तरंगी टिका लगाइदिने कार्यक्रम छ । भाइटिकाको दिनमा दिउँसो २ः३० बजे सुरु हुने कार्यक्रमलाई सम्पन्न गर्न करिब १ लाख ५० हजार खर्च लाग्ने संघले जानकारी गराएको छ ।
यसवर्षको भाइटिका महोत्सवमा १० देखि ५० जना पर्यटकहरुको सहभागिता रहने अनुमान गरिएको छ । महोत्सवका लागि नाम दर्ता गर्ने क्रम सुरु भएको छ । महोत्सवमा पर्यटकलाई टिका लगाउने सहित देउँसी भैलो खेल्ने र सेलरोटी लगायतका परिकार खुवाउने कार्यक्रम पनि रहेको छ । महोत्सवलाई नेपाल पर्यटन बोर्डले प्रबद्र्धन गरेको छ ।