लायन्स फुटबलको तयारी तिब्र

पोखरा ।

असोज २ गतेदेखि ४ गतेसम्म अञ्चल सशस्त्र प्रहरी गुल्म गण्डकीको खेल मैदानमा सञ्चालन हुन गइरहेको छैटौ अन्तर लायन्स सेभेन ए साईड फुटवल प्रतियोगिता २०७६ को तयारी तिब्र पारिएको छ ।

लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपाल अन्र्तगतको क्लब, लायन्स क्लब अफ पोखरा पिस सिटीको सो प्रतियोगिताको आयोजना गरेको हो । अन्तर लायन्स फुटवल प्रतियोगितालाई गोर्खा ब्रुअरीको उत्पादन टुवोर्ग वियरले मुख्य प्रायोजन गरेको छ भने महालक्ष्मी वायर एण्ड केवल ईन्डष्ट्रिज प्रालिले प्रायोजन गरेको प्रतियोगिताका सहसंयोजक एवं लायन्स क्लब अफ पोखरा पिस सिटीका प्रथम उपाध्यक्ष रामप्रसाद अधिकारीले बताउनु भयो ।

उहाँका अनुसार प्रतियोगितामा सहभागि हुने लायन्स खेलाडिलाई सगरमाथा इन्स्युरेन्स लिमिटेड मार्फत सामुहिक दुर्घटना विमा पनि गराएको छ । लायन्स क्लब अफ पोखरा पिस सिटीले आफ्नो स्थापना कालदेखि नै विभिन्न लायन्स क्लबहरु बीचमा आपसी भाइचारा एवं सम्बन्ध प्रगाढ गर्नका लागि स्पोर्ट फर फेलोशिप भन्ने मूलनाराका साथ अन्तर लायन्स फुटबल प्रतियोगिता गर्दै आएको छ ।

प्रतियोगितामा प्रथम टिमलाई रु ४० हजार ५ सय ५५नगदसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ भने दोश्रो हुनेले रु २५ हजार ५ सय ५५ नगदसहित ट्रफि र प्रमाणपत्र पाँउनेछ । त्यस्तै अनुशासित टिम, उत्कृष्ट खेलाडी, सर्वा्धिक गोलकर्ता, उत्कृष्ठ डिफेन्स र उत्कृष्ट गोल रक्षकलाई पनि पुरस्कृत गरिने क्लबका अध्यक्ष अर्जुन सिग्देलले बताउनु भयो ।

प्रतियोगिताबाट बचेको रकम मानवीय सेवाका कार्यमा खर्चनुका साथै पोखरालाई खेलकूद पर्यटन शहरका रुपमा स्थापित गरी चिनाउने प्रयास गरिने अध्यक्ष सिग्देलले बताउनुभयो ।