हाँसपोखरीको तिजगितमा कुसुम हेल्थ क्लब प्रथम

पोखरा ।

रुपा गाँउपालिका वडा नं. ७ मा रहेको हाँसपोखरी यूवा क्लबले नेपाली नारीको माहान पर्व हरितालीका तिजको पावन अवसरमा आयोजना गरेको खुल्ला तिजगित प्रतियोगिता हाँसपोखरी स्थित ईन्द्रेणी आधारभुत विद्यालयको प्राङ्गणमा सम्पन्न गरेको छ ।

समस्त रुपा गाउँपालिकाको विकाशनै आफ्नो प्रमुख सपना रहेको त्यो सपना आफ्नो कार्यकालमा नै सम्पन्न गर्ने उद्रघोष कार्यक्रमका प्रमुख अतिथि रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गरेका थिए । त्यो सपना पुरा गर्न सम्पूर्ण रुपा गाउँपालिका निवासी जनताको साथको आवश्यक्ता पर्ने र त्यो साथको सदैव आश गर्ने र रुपा गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा चिनाउने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहेका वडा नं.७ का वडा अध्यक्ष दयासागर सुवेदीले संस्कृती जर्गेना गर्न यसकिसिमको कार्यक्रमले महत्व पूर्ण भुमिका खेल्ने हुदाँ गाँउमा यसकिसिमको कार्यक्रमको आयोजनाले भाईचाराको समेत विकाश गर्ने हुदाँ क्लवले आयोजना गर्ने हरेक कार्यक्रममा वडाको साथ र सहयोग सदैव रहने विचार राख्यका थिए ।

तिज गित प्रतियोगितामा जम्मा १२ टिमको सहभागिता रहेको र सम्पूर्ण टिमले प्रस्तुत गरेका गितहरु उत्कृष्ट रहेका थिए । उक्त तिज गित प्रतियोगितामा ११ टिमलाई पछि पारदै कुसुम हेल्थ क्लब प्रथम हुन सफल भएको छ भने क्रमश द्धितिय, तृतिय तथा सान्त्वनामा हाँसपोखरी दलित दिदी बहिनी समुह, हाँसपोखरी साथी संगिनी समुह र ईशानेश्वर मा.वि. क्लबले पुरस्कार हात पार्न सफल भएका छन् । पुरस्कारको रासी प्रथम, द्धितिय, तृतिय तथा सान्त्वना हुने लाई क्रमश रू.८१००, रू.४१००, रू.२१०० र रू.११०० रहेको थियो ।

उक्त पुरस्कार को रकम देश तथा विदेशमा रहेका आफ्नो गाँउको र संस्कृतीको माया भएका व्यक्तिहरु बाट प्राप्त भएको बताईएको छ , जसमा प्रथम पुरस्कार अमेरीका निवासी वृहस्पती लम्साल बाट तथा अन्य सम्पूर्ण पुरस्कार अमेरीका निवासी मदन सुवेदी बाट प्राप्त भएको बताईएको छ । साथै उत्कृष्ट नृत्यमा हाँसपोखरी दिदी बहिनी समुह र दर्शक बाट छानिएको उत्कृष्ट नृत्यमा समना घिमिरे हुन सफल भएको निर्णायक संयोजक सुमन जिसीले जानकारी दिइका छन् । साथै यस तिज गित प्रतियोगिताको मिडिया पार्टनको भुमिका रेडियो लेखनाथ र लेखनाथ खवर डट कमले गरेका छन् ।

विभिन्न ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहेको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २६की वडा सदस्य सर्मिला सुनारले शुभकामना मन्तव्य राख्यको कार्यक्रम संयोजक सुनिल सुवेदीको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन सह—संयोजक सरोज भट्टराईले गरेका थिए ।