विष्णुपादुका क्लवको तिज विशेष कार्यक्रमको तयारी

पोखरा ।

पोखरा–२५, हेमजा स्थित विष्णुपादुका क्लवले हरितालिका तिजको अवसरमा विभिन्न प्रतियोगिता गर्ने भएको छ ।

क्लवले तिजको अवसरमा तेस्रो बिष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगिता तथा हरीतालिका तिज गीत प्रतियोगिता गर्ने भएको हो । हेमजामा बसेको क्लव प्रतिनिधी साथै सरोकारवालाको भेलाले उक्त निर्णय गरेको हो।क्लवले हरीतालिकाको दिन भदौ १६ गते तिजगीत प्रतियोगिता तथा भदौ १७ गतेदेखि २३ गतेसम्म फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको छ।

जसअनुसार फुटबल प्रतियोगिता सम्पन्न गर्न रमेश थापाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।जसको कोषाध्यक्षमा हरीकृष्ण थापा, सचिवमा मनोज कार्की, स्वागत सत्कार उपसमिति संयोजकमा शान्ता केसी तथा सदस्यहरुमा विष्णु थापा र सरस्वती थापा, सुरक्षा उपसमिति संयोजकमा राजेन्द्र थापा रहेका छन् ।

त्यस्तै सोही भेलाले स्वयम्सेवक परिचालन उपसमिति संयोजकमा अभिषेक कार्की, प्रचारप्रसार उपसमिति संयोजकमा श्रीभद्र पौडेल, सहसंयोजकमा विराज शर्मा तथा प्राथमिक उपचारको सम्पूर्ण जिम्मा हेमजा स्वास्थ्य चौकीलाई दिने निर्णय पनि गरेको छ ।त्यस्तै क्लवमा आवद्घ सम्पूर्ण खेलाडीहरु मूल आयोजक समितिको सदस्य रहेको क्लवका अध्यक्ष कृष्ण खड्काले जानकारी दिए।

भेलाले प्रतियोगितामा प्रथम हुने समूहलाई रु.१ लाख २१ हजार १ सय ११, द्वितिय हुने समूहलाई रु. ७१ हजार १ सय ११ पुरस्कार दिने निर्णय पनि गरेको छ । त्यस्तै सेमिफाइनलमा पुग्ने दुई समूहलाई १० हजार, सर्वोत्कृष्ठ खेलाडी तथा फेयर प्लेयरलाई रु.५ हजार तथा अन्य पाँच विद्यामा पुरस्कार दिइने भएको छ ।

सोही भेलाले सिर्जना सापकोटाको संयोजकत्वमा तिज गीत प्रतियोगिता गर्ने निर्णय पनि गरेको छ ।जसको कोषाध्यक्षमा सोचना केसी, सचिवमा भगवती बजगाई, कार्यक्रम संचालकमा सीता कार्की, स्वागत सत्कारमा सरास्वती थापा र विष्णु थापा, आमा समूह परिचालनमा लक्ष्मी जिसी र उमा त्रिपाठी, सुरक्षामा विष्णु खत्री, स्वयम्सेवकमा सावित्री कार्की र तिर्थ थापा, सरसफाईमा शान्ति बास्तोला, प्रचारप्रसारमा पार्वती बास्तोला संयोजक तथा श्रीभद्र पौडेल र विराज शर्मा सदस्य, प्राथमिक उपचारमा शान्ता केसी र धना सापकोटालाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

प्रतियोगतामा प्रथम हुने समूहलाई रु.२१ हजार १ सय ११, द्वितिय समूहलाई रु.१५ हजार ५ सय ५५, तृतीयलाई ७ हजार ७ सय ७७, सान्त्वना पुरस्कार ४ हजार ४ सय ४४ साथमा प्रमाणपत्र पुरस्कार दिइने छ ।त्यस्तै उत्कृष्ठ स्वर, भेषभुषा र नृत्यलाई समान दुई हजार पाँच सय पुरस्कार दिइने क्लवले जनाएको छ ।तस्विर पनि छ ।