लालिगुरास र वर्किड्ड टुगेदरद्धारा वृक्षारोपण

पोखरा ।

लायन्स क्लब अफ पोखरा लालिगुरास र लायन्स क्लब अफ वर्किड्ड टुगेदरको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । तिव्रेकोट सामुदायिक वन उपभोक्त समूहको व्यवस्थापनमा भएको वृक्षारोपण कार्यक्रममा ८० वटा निमपत्ताका विरुवा रोपिएको थियो ।

कार्यक्रममा बोल्दै लायन्स क्लब अफ पोखरा लालिगुरासका एक्टेन्सन चियर पर्सन तथा लायन्स क्लब ३२५ वि वान डिष्ट्रिकका पिआरओ मोतिराज तिमिल्सिनाले सामाजिक सेवाका कार्यक्रममा क्लबले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । रिजन चियर पर्सन दुर्गाकुमारी आचार्यले डिष्ट्रिक गर्भनरले ल्याएका कार्यक्रम सफल बनाउन क्लबको महत्वूर्ण भूमिका रहने बताईन् ।

जोन चियर पर्सन सिता पहारीले क्लबले गरेका हरेक कार्यक्रममा जोनको तर्फबटा सधै सहयोग रहने प्रतिवद्धता जनाईन् । तिव्रेकोट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विशलाजंग कुँवरले वृक्षारोपण गरिएका विरुवाको मलजल र गोडमेलको खाँचो पर्ने बताए ।

कार्यक्रममा लायन्स क्लब अफ पोखरा लालिगुरासका संस्थापक अध्यक्ष केशवशरण पौडेल, लायन्स क्लब अफ पोखरा वर्किड्ड टुगेदरका अध्यक्ष शंकर आचार्यले क्लबका गतिविधिका वारेमा जानकारी गराएका थिए ।

लायन्स क्लब अफ पोखरा लालिगुरासका अध्यक्ष मिनराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष भरतराज अधिकारीले स्वागत र सचिव प्रकाशचन्द्र सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।