पूर्वी भारतको ट्रेड समिटमा चेम्बरको सहभागिता

पोखरा ।

औद्योगिक एवं व्यापारीक प्रतिनिधीमण्डल कन्फेडेरेशन अफ वेष्ट बंगाल ट्रेड एशोसिएसन(सीडब्लुबीटीए)ले आयोजना गरेको पूर्वी भारतको ट्रेड समिट२०१९मानेपालको चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलले सहभागिता जनाएको छ ।

जुलाई १५ र १६ तारिखमा भएको समिटमा नेपालको निजी क्षेत्रकोतर्फबाट गण्डकी प्रदेश चेम्बर अफ कमर्सका कार्यवाहाक अध्यक्ष तथा पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारको नेतृत्वमा ३८ सदस्यीय टोली कोलकोत्ता गएको थियो । प्रतिनिधिमण्डलमा नगर, जिल्ला चेम्बर अफ कमर्सका पदाधिकारीहरु, कृषि, बैंक तथा वित्तिय संस्था, तयारी पोशाक, मिनरल वाटरसंग सम्बन्धित उद्यमी व्यवशायीहरुको सहभागिता रहेको थियो ।

नेपालको चेम्बर अफ कमर्सले आयोजक संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेपछिऔद्योगिक तथा व्यापारीक प्रतिनिधिमण्डले नियमित रुपमा शिखर सम्मेलन, मेला÷प्रर्दशनीमा सहभागिता जनाउँदै आएको अध्यक्ष सुनारले जानकारी दिए ।समिटमा चेम्बर अफ कमर्स सह आयोजकको रुपमा सहभागी भएको हो ।

भारतका व्यापारिक प्रतिनिधि मण्डलले समेत नेपालमा भएका मेला तथा प्रदर्शनीमा सहभागी हुदै आएका छन् ।अध्यक्ष सुनारले उद्यमी÷व्यवसायीबीच आपसी सम्बन्ध वृद्धि, ज्ञानको अभिवृद्धि र वास्तविक रुपमा व्यवसाय गर्न सम्झौता गर्ने समिटको प्रमुख उद्देश्य रहेका बताए ।

समिटिमा नेपालको चेम्बर अफ कमर्सको सहभागिताले नेपाल र भारतबीचको व्यापार सहजीकरण, दुई पक्षीय व्यापारिक र आर्थिक क्षेत्रमा अझ सुदृढीकरण गर्नका लागि उपायहरू पहिल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । समिटमा भारत, भुटान, वंगलादेश, थाइलाण्ड लगायत विभिन्न देशका उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।