पेन गन सहित १ जना पक्राउ

पोखरा ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पेन गन अर्थात सामान्यतया हामिले लेख्न प्रयोग गर्ने कलमबाट गोली चलाई अपराध गर्न मिल्ने बस्तु सहित १ जनालाई पक्राउ गर्न सफल भएको छ ।

पछिल्लो समय कास्की जिल्ला अन्तर्गतको शान्ति सुरक्षालाई थप चुष्तदुरुष्त बनाउन अहोरात्र तल्लिन रहेको कास्की प्रहरीले जिल्ला अन्तर्गतका विविध अपराधिक घटनाहरुमा कडारुपले प्रस्तुत भएको छ ।

फलस्वरुप कास्कीमा पहिलो पटक पेन गन सहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२४ कास्कीकोट स्थायी घर भई हाल पोखरा महानगरपालिका-७ मासबार बस्दै आएका २४ वर्षिय सागर रानाभाट रहेका छन ।

यही असार २९ गते पक्राउ परेका उनलाई थप अनुसन्धान पश्चात कास्की प्रहरीले श्रावण १ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पक्राउ परेका उनका साथबाट लागुऔषध सहित पेन गन र उक्त गनमा लाग्ने सात थान गोली सहित प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताउनु भएको छ । पक्राउ परेका उनिमाथी थप अनुसन्धान भईरहेको छ ।