जनजाति महासंघले गर्ने भनेकाे साउन २ काे नेपाल बन्द फिर्ता

पोखरा ।

नेपाल आदिवासी जनजाति महासंघले साउन २ गते गर्ने भनेकाे नेपाल बन्दकाे कार्यक्रम फिर्ता लिएकाे छ । लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापन समावेशी सिद्धान्त विपरित भएको भन्दै आन्दोलित बनेको महासंघले साउन २ गते नेपाल बन्द गर्ने जनाएकाे थियाे ।

जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष धर्म तमुले महासंघले गर्ने भनेकाे बन्द कार्यक्रम फिर्ता भएकाे जानकारी दिनुभयाे ।

नेपाल बन्द फिर्ता भएपनि अन्य कार्यक्रम प्रति ऐक्येबद्धता जनाउँदै स्थानीय स्तरमा समेत दबाब दिने तमुले जानकारी दिनुभयाे ।

नेपालको संविधान (पहिलो संशोधन),२०७२ को धारा ४२ को उपधारा १ मा सामाजिक न्यायको हक मा स्पष्ट व्यवस्था भएर पनि सरकारले लोकसेवा आयोगको विज्ञापनमा देशमा रहेका हरेक तह र तप्कालाई अधिकारबाट बञ्चित गर्ने कुचेष्टा गरिएको आदिवासी जनजाति महासंघकाे ठहर रहेकाे छ ।

सरकारले अव्यवस्थित, असमानुपातिक र एकल केन्द्रीकृत राज्यसत्तामा रहेका एकल जातिवादी हिसाबले विज्ञापन गरिएको समेत उनले आरोप लगाए ।