कानून प्रदेश र स्थानीय तह आफैले बनाउने– न्यायाधिवक्ता घिमिरे

पोखरा ।

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले संघिय सरकारले कानुन नबनाउदा प्रदेशमा समेत कानुन बनाउन अप्ठेरो परेको बताएका छन् ।

संसदीय पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा घिमिरेले कतिपय कानून केन्द्रिय कानून अनुसार प्रदेश र स्थानीय तहले बनाउनु पर्ने बताए ।

उनले संघिय सरकारले कानुन नबनाउदा प्रदेश प्रहरी गठन गर्न नपाएको बताए । उनले दण्ड र सजायको अधिकार प्रदेश सरकारलाई पनि दिनुपर्ने माग गरे ।

घिमिरेले गण्डकी प्रदेश सरकारले २५ वटा विधेक निमार्ण गरी सकेको, ३ वटा संसदमा बिचारधिन र २० विधेकको मयौदा बनेर छलफलमा रहेको बताए ।

उनले प्रदेश सरकार गठन भएपछि प्रदेश सरकार विरुद्ध १५ वटा मुद्धा दर्ता भएको बताए । त्यस मध्ये ४ वटाको फैसला भईसको र अन्य मुद्धा चलिरहेको बताए ।