राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्की जिल्लाको अधिवेशनको तयारी पुरा

हेम्जा ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति कास्कीको सातौ अधिबेशन एवं अठारौँ सधारण सभाको तयारी पुरा भएको छ । अधिवेशन भोलि (शनिबार) पोखरामा हुँदै छ ।

अधिवेशन सफलताका साथ समानप गर्न विभिन्न ७ वटा उपसमिति गठन गरिएको थियो । सबै उपसमितिहरुले आ–आफनो कार्य पुरा गरिसकेको प्रतिष्ठान कास्कीका अध्यक्ष प्रेमराज अधिकारीले जानकारी दिए । अधिवेशनको उद्घाटन प्रतिष्ठान लेपालका केन्द्रीय अध्यक्ष बद्री पंगेनीले गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

सोही अवसर पारेर उत्कृष्ट इकाइ समिति सम्मान, पुर्व अध्यक्ष सम्मान, गायन सँगै उच्च शिक्षा हासिल गर्न सफल एक जना कलाकार, उत्कृष्ट सहयोगदाता, स्रष्ठा, उत्कृष्ठ कार्यसमिति सम्मान साथै विविध साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको प्रतिष्ठानका सदस्य एवम् प्रचार बिभागका प्रमुख परशुराम अधिकारीले जानकारी दिएका छन् ।

“अधिवेशनमा विभिन्न पदको लागि आकांक्षी बढी नै देखिएको पाइएको छ । यद्यपी सबैलाई मिलाएर नै अगाडि बड्ने सोच बनाएका छौँ ।” अध्यक्ष प्रेमराज अधिकारीले भने – “आकांक्षी देखिनु सोभाविकै हो, कसलाई कुन पदमा राख्दा संस्थाको प्रगति हुने देखिन्छ सोही अनुसार मिलाएर जाने हो तर समझधारी नबनेको खण्डमा भने निवार्चनको विकल्प छैन ।”