लिटिल स्टेप मा.वि.माबधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न

पोखरा, १५ असार
लिटिल स्टेप मा.वि.मा यस मा.वि.को तर्पmबाट २०७५ सालको एस.ई.ई. परीक्षामासामेल भई उत्तिर्ण भएकासम्पूर्णविद्यार्थीहरुलाई विद्यालयले आफ्नै सभाहलमाएककार्यक्रमको आयोजना गरी बधाई ज्ञापन तथा सम्मानगरेको छ ।

विद्यालयका संस्थापकनिर्देशकश्री शेरबहादुर गुरुङको अध्यक्षतामाभएको उक्तकार्यक्रममापोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयकाकार्यकारी निर्देशकश्री शंकर गौतम प्रमुखअतिथि रहनु भएको थियो । विद्यालयकाअभिभावकश्री गीता गुरुङ तथाप्रमुखअतिथिज्यूले संयुक्तरुपमापानसमादीपप्रज्ज्वलनगरि उद्घाटन भएको उक्तकार्यक्रममाविद्यालयका संस्थापकप्राचार्यश्रीमतिपम्फा गुरुङले स्वागतमन्तव्य राख्नु भएको थियो ।

विद्यार्थी सहितउपस्थितभएकाअभिभावकहरुलाई अविर, खादातथामालालगाएर सम्मानगरिएको थियो । कार्यक्रममाप्रमुखअतिथिको आसनबाट बोल्दै शंकर गौतमले यस क्षेत्रको शैक्षिकविकासमा लिटिल स्टेपले पुर्याएको योगदानको चर्चा गुर्नभयो । साथै उहाँले भविष्यका कर्णाधारका रुपमा रहेकाबालबालिकालाई उचितवातावरण सिर्जनागरि उनीहरुको शैक्षिकविकासमाविद्यालयले अतुलनीय योगदानपुर्याएको विषय सबैका सामु स्पष्ट रहेको कुरामाजोड दिनुभयो ।

कार्यक्रममा फेम इष्टिच्युटका प्रोपाइटर विजय बराल, अभिभावककालिकाचापागाईतथा छात्रा भुमिका छुमीले विद्यालयको शैक्षिक योगदानको चर्चा गर्दै धन्यवाददिनुभयो । अन्त्यमा, संस्थापक शेरबहादुर गुरुङले उपस्थित सम्पूर्ण विद्यार्थी र अभिभावकलाई बधाई दिदै उज्ज्वलभविष्यकालागिथपलगनशीलहुनुपर्ने कुरामाजोड दिनुभयो ।

साथै वहाँले बुद्ध, राम जस्ता आदर्श पुरुषहरुको चरित्रको चर्चा गर्दै समयमागर्न सकेको दुखले नै बाँकीजिवन सुखीहुने हुदाउनैकाआदर्श बोक्नु सफलजीवनको मार्गदर्शक रहेको धारणा राख्नु भयो । कार्यक्रमको सञ्चालनविद्यालयका गणित विभागप्रमुखचित्रबहादुर अधिकारीले गर्नुभएको थियो । स्मरणीय छ यस विद्यालयबाट गत एस.ई.ई. परीक्षामा५३ जनाविद्यार्थीहरु सामेत भएकाथिए ।