नेपाल टे«ड युनियन काँग्रेस गण्डकीद्धारा शैक्षिक सामाग्री वितरण कार्यक्रम

पोखरा, ३१ जेठ ।
नेपाल टे«ड युनियन काँग्रेस गण्डकी प्रदेशको आयोजनामा गाउँ खर्क गा.वि.स रुपा ४ कास्कीमा कक्षा १ देखि १० कक्षा सम्म पढ्ने सम्पूर्ण विद्यार्थीहरुको लागि शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा नेपाल कारखाना श्रमिक संघ राष्ट्रिय समितिका उपमहासचिव केशवराज भट्टराई ,नेपाल टे«ड युनियन काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष घनश्याम रेग्मी ,नेपाली काँग्रेस कास्कीका क्षेत्रीय सदस्य लक्षमण थापा,नेपाली काँग्रेस ईकाई सिद्ध इकाईका सभापति राजन ठकुरी , स्थानीय वु्द्धिजीवि राजेन्द्र रेग्मी , रुपा ४ का वडा अध्यक्ष मुकुन्द वंसी ठकुरी,विद्यालयका प्रध्यानाध्यापक नारायण प्रसाद सुवेदी सहभागि हुनु भएका थियो ।

उक्त अवसरमा बोल्दै नेपाल टे«ड युनियन काँग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्माले शिक्षाको गुणस्तर विकास गर्न निजि विद्यालयको मात्र हैन गाउँमा रहेका सामुदायीक विद्यालयको गुणस्तर वृद्धि भए मात्र समग्र शिक्षाको विकास हुन्छ भन्नु भयो ।

ग्रामिण क्षेत्रका विद्यालयहरुको गुणस्तर वृद्धि गर्न नेपाल टे«ड युनियन काँग्रेस गण्डकी प्रदेश सधैं लागि परिरहने प्रतिवद्धता व्यक्त गर्नु भयो । उक्त कार्यक्रमको संचालन विद्यालयका शिक्षक बामदेव ओझाले गर्नु भएको थियो । कार्यक्रमको सभापति विद्यालय व्यवस्थापनका अध्यक्ष रामराज घिमिरेले गर्नु भएको थियो ।