कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजलाई गण्डकी प्रदेश सिप परिक्षण केन्द्रको जिम्मेवारी प्रदान

जेष्ठ १९, पोखरा ।

कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजलाई गण्डकी प्रदेश सिप परिक्षण केन्द्रको जिम्मेवारी प्रदान गरिएको छ ।

विगत लामो समयदेखि पर्यटन विकास मा सहयोग तथा वैदेशिक तथा स्वदेशमै रोजगार गराउनुपर्छ भन्ने उद्देश्यले संचालन भैरहेको उक्त कलेजलाई नेपाल सरकार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT), राष्ट्रिय सीप परीक्षण समिति (NSTB), नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली (NVQS) सानो ठिमी, भक्तपुरले गण्डकी प्रदेशको सीप परीक्षण केन्द्र (Skill Test Center) को महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको हो ।

बेरोजगार युवायुवतीहरुलाई एकीकृत गर्दै होटल मेनेजमेन्टका संकाय अन्तर्गत कुक, वेटर, हाउस किपिङ, बेकरी, फ्रन्ट अफिस, बारिस्ता, बारटेन्डरका विषयमा नेपाल र विदेशका पाँचतारे होटलमा रोजगार ग्यारेन्टी गर्दै आइरहेको उक्त कलेजले पर्यटन विकास तथा बेरोजगारलाई रोजगार प्रदान गर्नका लागि दक्ष जनशक्ति उत्पादन गरिहेको छ ।

कलेजका संचालक विजय पौडेलले उक्त कार्यले आफुलाई थप ऊर्जा प्रदान गरेको बताएका छन् ।