पोखराको समाचार
-
देशभर थप ३७ कोरोना संक्रमितको मृत्यु हुँदा गण्डकीमा थपिए २०३ संक्रमित
बैशाख २०, कास्की नेपालमा कोरोना सङ्क्रमणका कारण थप ३७ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ३७ जनाको ज्यान गएको र अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ३ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ -
सरकारद्धारा गण्डकी र सुदूरपश्चिम प्रदेशको प्रमुखमा पौडेल र यादव नियुक्त
बैशाख २०, कास्की, सरकारले गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गङ्गाप्रसाद यादवलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो । यसअघि गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमकी -
गण्डकी प्रदेशको कास्की सहित ३ जिल्लामा निषेधाज्ञा
बैशाख २०, कास्की, गण्डकी प्रदेशको कास्की जिल्ला सहित स्याङ्जा र बाग्लुङमा पनि वैशाख २१ गते मंगलबार अर्थात भोलि देखि पूर्ण लकडाउन हुने भएको छ । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको छुट्टा–छुट्टै बैठकले उक्त निर्णय गरेको हो । कोरोना -
कास्कीमा थप कडाईकासाथ निषेधाज्ञाको समय थप
बैशाख २०, पोखरा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि अति प्रभावित देशभरका ४२ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागू भएको छ । तीमध्ये ३१ जिल्लामा पूर्ण तथा ११ जिल्लामा निश्चित क्षेत्रमा निषेधाज्ञा लगाइएको हो । यसैबिच जिल्ला प्रशासन कार्यालय कास्कीले जारी निषेधाज्ञाको समय थप गर्दै निषेधाज्ञामा -
पोखराका ३ सय ६८ जना सहित एकैदिन ७ हजारभन्दा धेरै सङ्क्रमित थपिए
बैशाख १९, कास्की, पछिल्लो २४ घण्टामा नेपालमा सात हजार दुई सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १६ हजार एक सय ४७ जनाको पीसीआर परीक्षण गर्दा सात हजार एक सय ३७ जना र ६ सय २३ जनाको एन्टिजेन विधिमार्फत नमुना परीक्षण गर्दा -
प्रदेश सभाको बैठक सञ्चालनका लागि सभामुखद्वारा छलफल र परामर्श
बैशाख १९, कास्की, गण्डकी प्रदेश सभाको बैठक सञ्चालनका लागि सभामुख नेत्रनाथ अधिकारी सक्रिय बनेका छन् । अविश्वास प्रस्तावमाथि छलफल चलिरहँदा अचानक स्थगित गरिएको प्रदेशसभा बैठक सञ्चालनका लागि प्रदेश सभामुखले दलहरुसँग छलफल सुरु गर्नुभएको छ । त्यही क्रममा प्रदेश सभा बैठक सञ्चालनको पहल गर्दै उहाले आईतबार -
गण्डकीमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु
बैशाख १९, पोखरा, गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण रहेको अवस्थामा थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा थपिएका आठ जनासँगै कोरोना पोजेटिभ रहेको अवस्थामा मृत्यु भएकाहरूको -
प्रदेश सभामुख अधिकारीले जनमोर्चा संसदीय दलका नेता थापासँग वार्ता गर्दै
बैशाख १९, कास्की गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले विशेष अधिवेशनको बैठक सुचारु गर्न दलहरुसँग छलफल थाल्न लाग्नुभएको छ । वैशाख १५ गते स्थगित भएको बैठक फेरि चालु गर्न उहाँले आइतबारबाट दलहरुसँग छलफल थाल्न लाग्नुभएको हो । सभामुख अधिकारीले आइतबार राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता -
गण्डकी प्रदेश संसद बैठक कहिले ? : आरोप प्रत्यारोपमा नेताहरु
बैशाख १९, कास्की गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले छिट्टै कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर कारबाही अघि बढाउने बताउनुभएको छ । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही वैशाख १५ गते ‘बेपत्ता’ भएपछि उनले संसद बैठक अनिश्चितकालका लागि स्थगित गरिदिनुभएको थियो । प्रदेश सभामा पेस भएको मुख्यमन्त्री -
गण्डकी प्रदेशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना
बैशाख १९, कास्की, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशभर पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहेको छ । आज देशका पहाडी क्षेत्र र तराईका केही भूभागमा आंशिक बदली भएर गण्डकी प्रदेश सहित प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेपनि बाँकी