राजनीति
-
प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने
बैशाख १९, काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने हुने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले वैशाख २७ गते आफुले सदनबाट विश्वासको मत लिने जानकारी गराउनुभएको हो । बैठक चलिरहँदा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जानुभएको थियो । -
महामारीकाबीच भारतमा विधानसभाको मतगणना सुरु, ममताको किल्ला भत्काउन प्रधानमन्त्री मोदी विफल देखिँदै
बैशाख १९, एजेन्सी, भारतका विभिन्न राज्यमा कोरोना महामारीकाबीच भएको विधानसभा निर्वाचनको आज मतगणना सुरु भएको छ । गत महिना विभिन्न चरणमा चार राज्य र एक केन्द्र शासित प्रदेशमा कुल ८ सय २२ विधानसभा सिटका लागि मतदान भएको थियो । मतगणनाको सबै नतिजा भोलि बिहानसम्म आइसक्ने -
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसीको दाबी, ४२ सांसदको हस्ताक्षर
बैशाख १९, रुपन्देही, नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ । नेता केसीले प्रदेश सभाका ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसँग दाबी पेस गर्नुभएको हो । तर प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले -
लुम्बिनी प्रदेशमा शङ्कर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त/शपथ नदिलाउन प्रतिपक्षदलहरुद्धारा प्रदेश प्रमुखको ध्यानाकर्षण
बैशाख १९, बुटवल, नेकपा एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता शङ्कर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले शङ्कर पोखरेललाई संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो । यसअघि पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा -
प्रदेश सभाको बैठक सञ्चालनका लागि सभामुखद्वारा छलफल र परामर्श
बैशाख १९, कास्की, गण्डकी प्रदेश सभाको बैठक सञ्चालनका लागि सभामुख नेत्रनाथ अधिकारी सक्रिय बनेका छन् । अविश्वास प्रस्तावमाथि छलफल चलिरहँदा अचानक स्थगित गरिएको प्रदेशसभा बैठक सञ्चालनका लागि प्रदेश सभामुखले दलहरुसँग छलफल सुरु गर्नुभएको छ । त्यही क्रममा प्रदेश सभा बैठक सञ्चालनको पहल गर्दै उहाले आईतबार -
सरकारी सेवा ‘पेपरलेस’ र ‘फेसलेस’ बनाइन्छ : प्रधानमन्त्री
बैशाख १९, काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको उच्चतम उपयोग तथा सदुपयोग गरी सरकारी सेवालाई ‘पेपरलेस’ र ‘फेसलेस’ बनाउने बताउनुभएको छ । चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७८ का अवसरमा आइतवार (आज) सूचना तथा सञ्चार मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बालुवाटारबाट भर्चुअल रूपमा -
कोरोना संक्रमितको उपचारको राम्रो प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण
बैशाख १९, कास्की, कोरोना संक्रमितको उपचारको राम्रो प्रबन्ध गर्न सत्तारुढ नेकपा एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा आइतबार बसेको स्थायी कमिटीको आकस्मिक बैठकले संक्रमितको उपचारमा सम्पूर्ण ध्यान लगाउन भनेको हो । बैठकपछि विज्ञप्ति जारी गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले -
प्रदेश सभामुख अधिकारीले जनमोर्चा संसदीय दलका नेता थापासँग वार्ता गर्दै
बैशाख १९, कास्की गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले विशेष अधिवेशनको बैठक सुचारु गर्न दलहरुसँग छलफल थाल्न लाग्नुभएको छ । वैशाख १५ गते स्थगित भएको बैठक फेरि चालु गर्न उहाँले आइतबारबाट दलहरुसँग छलफल थाल्न लाग्नुभएको हो । सभामुख अधिकारीले आइतबार राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता -
गण्डकी प्रदेश संसद बैठक कहिले ? : आरोप प्रत्यारोपमा नेताहरु
बैशाख १९, कास्की गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले छिट्टै कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर कारबाही अघि बढाउने बताउनुभएको छ । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही वैशाख १५ गते ‘बेपत्ता’ भएपछि उनले संसद बैठक अनिश्चितकालका लागि स्थगित गरिदिनुभएको थियो । प्रदेश सभामा पेस भएको मुख्यमन्त्री -
उत्तर कोरियाले आणविक कार्यक्रममा कुनै हेरफेर नगर्ने
बैशाख १९, एजेन्सी, उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रममा कुनै हेरफेर नगर्ने स्पष्ट पारेको छ । उत्तर कोरियाले आफ्ना आणविक कार्यक्रमका लागि थप रणनीतिहरू अघि बढाउने तयारी गरेको रोयटर्सले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उत्तर कोरियाको परराष्ट्र मन्त्रालयले बाइडेन