पोखराको समाचार
-
गण्डकी प्रदेशसभामा आर्थिक वर्ष २०७८/७९ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत
जेठ १७, कास्की, गण्डकी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०७८÷७९ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ । सोमबारको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले आगामी बजेट कोरोना महामारीका कारण सिर्जित चुनौतीको सामना गर्दै जनजीवनलाई समान्यीकृत बनाउन र वर्तमान सरकारले -
देशभर कोरोना संक्रमण दर घट्दा गण्डकीमा थप १७ जनाको संक्रमणबाट मृत्यु
जेठ १७, पोखरा, सोमबार गण्डकी प्रदेशका थप ८ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीका १ हजार ८३२ जनामा गरिएको नमुना परीक्षणमा कास्की जिल्लाका १ सय ५६ जना सहित थप ८४२ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । -
पूर्ण खोप पछि मात्र व्यवसाय खोलिने : पश्चिमाञ्चल होटल संघ
जेठ १६, कास्की पश्चिमाञ्चल होटल संघ पोखराले होटल संचालक, कर्मचारी र मजदूरले कोभिड– १९ विरुद्धको खोप लगाएपछि मात्र व्यवसाय संचालन गर्न सकिने स्पष्ट पारेको छ । संघका अध्यक्ष विकल तुलाचनले एक विज्ञप्ति जारी गरी निषेधाज्ञा हटे पनि होटलका कर्मचारी र परिवारको जीवन जोखिममा राखेर व्यवसाय -
गण्डकी प्रदेश सरकारको पहिलो प्राथमिकता मानव जीवनरक्षा, प्रदेशका ११ जिल्लाका लागि दुई करोड नौ लाख रुपैयाँ वितरण गर्ने
जेठ १६, कास्की, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएको बताउनुभएको छ । पोखरा पर्यटन परिषद्ले आयोजना गरेको अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा उहाले कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएर नागरिकको जीवनरक्षाका लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गरेको दाबि गर्नुभएको छ -
गण्डकीमा थप कोरोना संक्रमित भन्दा संक्रमण मुक्त हुनेको संख्या धेरै, देशभर थप ४ हजार ३ सय ६९ जनामा संक्रमण पुष्टि
जेठ १६, पोखरा, आइतबार गण्डकीमा थप १६ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्कीका आठ जना, तनहुँका चार जना, लमजुङ,पर्वत, बागलुङ र मुस्ताङका एक–एक जना रहेका छन् । प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६६१ पुगेको छ । त्यस्तै -
गण्डकीका ६ सय ४७ सहित देशभर थप ४ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि
जेठ १५, पोखरा, पछिल्लो २४ घण्टामा ६ हजार ८० जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै देशभर कोरोना निको हुनेको संख्या ४ लाख ३४ हजार ७ सय ५० पुगेको छ । गएको २४ घण्टामा १४ हजार ७ सय ५२ जनाको नमुना परीक्षण गर्दा ४ -
अध्यादेश मार्फत सरकारद्धारा बितरण मुखि बजेट सार्वजनिक
जेठ १५, कास्की सरकारले मतदातालाई खुशी पार्ने हिसाबले बजेट ल्याउने तयारी गरेको भन्दै आलोचना भैरहँदा सार्वजनिक भएको बजेटमा धेरै लोकप्रिय कार्यक्रम समेटिएका छन् । अध्यादेशमार्फत सार्वजनिक भएको बजेटमा कोरोना रोकथाम र नियन्त्रणमा जोड दिइएको छ । खोप किन्न र अस्पतालको पूर्वाधार बढाउन पर्याप्त रकम विनियोजन -
सरकारद्धारा आउँदो आर्थिक वर्ष २०७८/०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट विनियोजन
जेठ १५, काठमाण्डौ, सरकारले आउँदो आर्थिक वर्ष २०७८÷०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा बजेट भाषण गर्दै अर्थ मन्त्री विष्णु पौडेलले आउँदो वर्षका लागि १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको -
स्वास्थ्यजस्तो गम्भिर कुरामा खेलाची नगर्न मुख्यमन्त्रीलाई नेविसँघ कास्कीको चेतावनी
जेठ १४, कास्की, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अक्सिजन अभावको कारण कोरोना संक्रमितहरुले ज्यान गुमाउनु परेको घटनालाई नेविसँघ कास्कीले उनीहरुको मृत्यु नभएर हत्या भएको बताएको छ । नेबिसँघ कास्की निर्वतमान सभापति बिकास थापाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा सरकारले जिम्मेबारीबाट पन्छन खोज्दा संक्रमितहरुको हत्या भएको भन्दै निन्दा गरिएको छ -
पोखरा घटनाले देशमा सरकार कहाँ छ ? भन्ने गम्भिर प्रश्न सृजना गर्यो : नेपाली कांग्रेस
जेठ १४, कास्की, नेपाली कांग्रेसले अक्सिजनको अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिलासहित ६ जनाको एकैसाथ निधन भएको घटना अत्यन्तै दुःखद र कारुणिक भएको बताएको छ । कांग्रेस प्रवक्ता एवं प्रमुख विश्वप्रकाश शर्माले समयमै अक्सिजन उपलब्ध हुने सुनिश्चित ब्यवस्थापनको समन्वय सरकारले अझै गर्न नसक्नुको परिणाममा उपचाररत