राजनीति
-
जसपा विवाद : ठाकुरको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्धारा अस्विकार
साउन १०, काठमाण्डौ, जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टी विभाजन र आधिकारिकताको निर्णय रोक्ने दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले यस विषयमा दुबै पक्षलाई साउन १५ गते छलफलका लागि बोलाएको छ भने निर्वाचन -
“नेपाली राजनीतिलाई बेठिक बाटोमा लगिँदैछ” : ओली
साउन १०, काठमाण्डौ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिलाई बेठिक बाटोमा लान खोजिएको बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सचिवालयको प्रथम बैठकलाई आज आइतवार भर्चुअल सम्बोधन गर्नु हुँदै उहाँले भन्नुभयो, ‘राजनीतिलाई बेठिक बाटोमा लान खोजिँदैछ, राजनीतिलाई संसदबाट अलग्याउन खोजिँदैछ, राजनीतिलाई -
एमालेको ओली र नेपाल पक्षका सांसदबीच भनाभन भएपछि संसदीय समितिको बैठक स्थगित
साउन १०, काठमाण्डौ, नेकपा एमाले भित्रको अन्तरकलह संसदीय समितिमा पनि छताछुल्ल भएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आइतबार बसेको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनि राना र वरिष्ठ नेता माधवकुमार नेपालबीच भनाभन भएपछि वैठक विषयमा प्रवेश नै नगरी -
कांग्रेसका सांसद श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त
साउन १०, काठमाण्डौ, नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ अनुसार उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । श्रेष्ठ लिटिल एञ्जेल्स स्कुलका सञ्चालक हुनुहुन्छ । थुप्रै व्यवसायमा -
गण्डकीमा कांग्रेसले दलित समुदायप्रति अपमान गरेको नेता शेखर कोइरालाको भनाई
साउन १०, कास्की, कांग्रेस नेता शेखर कोइरालाले गण्डकी प्रदेश सरकारले पूर्णता पाउने क्रममा कांग्रेस सांसद डोबाटे विश्वकर्मालाई मन्त्री नबनाइनु पार्टीले गरेको अक्षम्य भूल भएको बताउनुभएको छ । उहाले दलित समुदायको प्रतिनिधित्त्वलाई लत्याइनु दुर्भाग्यपूर्ण र दलित समुदायप्रतिको अपमान भएको टिप्पणी गर्नुभएको छ । गण्डकी प्रदेशको मन्त्रिपरिषद् -
सत्तारुढ गठबन्धनको बैठकमा एमाले नेता नेपाल पनि सहभागी
साउन ९, काठमाण्डौ, सत्तारुढ गठबन्धनको बैठक सम्पन्न भएको छ । शनिबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताहरुबीचको बैठक करिब एक घण्टा चलेको थियो । बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, -
माओवादीका ४९ सांसदले नै मन्त्री पद खोजेकोले प्रचण्ड तनावमा
साउन ९, काठमाण्डौ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी भित्रबाट मन्त्री छान्न समस्या भएको बताउनुभएको छ । माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित नरबहादुर कर्माचार्यको ८ औं स्मृति सभामा अध्यक्ष प्रचण्डले पार्टीका ४९ जना सबै सांसदलाई मन्त्री चाहिएपछि आफू चिन्ता र मानसिक तनावमा रहेको बताउनुभएको -
साउन १२ गते हुने भनिएको कांग्रेसको वडा अधिवेशन स्थगित
साउन ९, काठमाण्डौ, नेपाली कांग्रेसको वडा अधिवेशन तत्कालको लागि स्थगित भएको छ । शनिबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशनको तयारी नपुगेको भन्दै स्थगित गर्ने निर्णय गरेको हो । प्रधानन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा -
“अब पुत्ला जलाएर हुँदैन” : निवर्तमान मुख्यमन्त्री गुरुङ
साउन ९, कास्की राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशले पोखरामा कार्यालय उद्घाटन गरेको छ । आज (शनिबार) एक समारोहका बिच गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कार्यालयको उद्घाटन गर्नुभएको हो । पोखरामहानगरपालिका वडा नं.–९ स्थित कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा (एमाले) गण्डकी प्रदेश इञ्चार्ज -
गण्डकीको मन्त्रीमण्डल विस्तार संविधान विपरित छ : गुरुङ
साउन ९, कास्की, गण्डकी प्रदेशकी सांसद तथा नेपाली कांग्रेसकी नेतृ मनकुमारी गुरुङले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले महिलालाई उपेक्षा गरेको बताउनुभएको छ । शुक्रबार गण्डकी सरकारको मन्त्रिमण्डल विस्तार भएपश्चात अहिलेको प्रदेशको सरकार विस्तार संविधान विपरित भएको उल्लेख गर्नुभयो । उहाले भन्नुभयो,‘आज (शुक्रबार) गठन गरिएको