राजनीति
-
सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार (पूर्णपाठ सहित)
साउन २२, काठमाण्डौ, सत्तारुढ दलहरुको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारी शीर्ष नेताहरुलाई बुझाएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई उक्त मस्यौदा -
गण्डकी प्रदेशलाई छिट्टै पूर्ण खोप घोषणा गरिन्छ : मन्त्री श्रेष्ठ
साउन २२, कास्की, गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेशलाई छिट्टै पूर्ण खोपको घोषणा गर्ने बताउनुभएको छ । नेपाली कांग्रेस स्याङ्जा पोखरा सम्पर्क समितिले बिहिबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले प्रदेश सरकारले जतिसक्दो छिटोे सबै -
‘प्रचण्ड’को भ्याकेट निवेदन सर्वोच्चद्वारा खारेज
साउन २१, काठमाण्डौ, सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दायर गरेको भ्याकेट निवेदन खारेज गरिदिएको छ । न्यायाधीशहरू आनन्दमोह भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासमा माओवादी अध्यक्ष दाहालको भ्याकेट निवेदनहरूमाथि एकमुष्ट सुनुवाइ गर्दै अन्तरिम आदेश खारेजीको माग अस्वीकार गरेको हो । -
साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनाइने : साउन २३ देखि २९ गतेसम्म मास्क अभियान
साउन २१, काठमाण्डौ, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोजसम्ममा एक करोड पाँच लाख खोप उपलब्ध हुने बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उहाँले जापानबाट आठ लाख र भुटानबाट तीन लाख खोप आइतवारसम्ममा आउने जानकारी दिँदै साउन २५ गतेदेखि ३२ -
न्यूयोर्कका गभर्नरले ११ महिलालाई यौन दुव्र्यवहार गरेको रिपोर्ट सार्वजनिक
साउन २०, एजेन्सी, अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रयू कुमोले ११ जना महिलालाई यौन दुर्व्यवहार गरेको रिपोर्ट सार्वजनिक भएपछि अमेरिकी राजनीतिमा तरंग पैदा गरेको छ । प्रतिवेदन आएसँगै राष्ट्रपति जो बाइडनले आरोपी डेमोक्र्याटिक पार्टीका गभर्नर कुमोले राजीनामा गर्नुपर्ने धारणा सार्वजनिक गरिसक्नुभएको छ । पार्टीका अरु नेताले -
सरकारको प्राथमिकता प्रष्टिएपछि मात्रै चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुने
साउन २०, काठमाण्डौ, नेपाल राष्ट्र बैंकले सरकारको प्राथमिकता र प्रक्षेपणलाई हेरेर मात्रै चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्न सकिने स्पष्ट पारेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकार परिवर्तन भएकाले नयाँ सरकारको बजेटको आकार, प्राथमिकता र प्रक्षेपण हेरेर मात्रै चालु आर्थिक वर्षको -
भूमि आयोग खारेज गर्ने निर्णय फिर्ता होस् : नेकपा एमाले
साउन २०, काठमाण्डौ, नेकपा एमालेले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई खारेज गर्ने निर्णय सच्याउन सरकारसँग माग गरेको छ । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आज बुधवार विज्ञप्ति जारी गर्दै आयोग खारेज गरी नागरिकको अपेक्षा र अधिकारमाथि प्रहार गर्ने सरकारको निर्णय अविलम्ब सच्याउन माग गर्नुभएको हो । भूमिहीन, -
कुनै सरकारी सुविधा नलिने घोषणा गर्नुभएका पुर्ब मुख्यमन्त्री गुरुङले सरकारी गाडि प्रयोग गर्दै
साउन २०, कास्की, गण्डकी प्रदेशका पुर्ब मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदमुक्त बनेको दुईमहिना पुग्नलाग्दा पनि गाडी फिर्ता नगरेको पाईएको छ । मुख्यमन्त्री रहदा गुरुङले पछि एक गाडी थप गरेर दुई गाडी प्रयोग गर्दै आउनुभएको थियो । नेकपा एमाले गण्डकी प्रदेशका संसदीय दलका नेता गुरुङले मुख्यमन्त्री -
निर्वाचन आयोगद्धारा तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४१ दलको दर्ता खारेज
साउन १९, काठमाण्डौ, निर्वाचन आयोगले ४१ दलको दर्ता खारेज गरिदिएको छ । निर्वाचन आयोगको आज मङ्गलवारको बैठकले लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने विभिन्न ४१ राजनीतिक दलको दर्ता खारेज गरेको हो । खारेज भएका राजनीतिक दलहरूको नाम, झण्डा, चिह्न दर्ता खारेज भएको मितिले -
मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता
साउन १९, रुपन्देही, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले ३४ सांसदको हस्ताक्षरसहित पोखरेलविरुद्ध आज मङ्गलवार अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । मुख्यमन्त्री पोखरेलले संसदको बहुमत गुमाएको प्रस्तावमा उल्लेख छ ।