पोखराको समाचार
-
गण्डकी प्रदेश चेम्बर अफ कमर्सद्वारा विभिन्न अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग
जेठ २५, पोखरा, गण्डकी प्रदेश चेम्बर अफ कमर्सले विभिन्न सरकारी अस्पतालहरुलाई मंगलबार अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । कास्की पोखरा समाज जापानको व्यवस्थापनमा चेम्बरले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २५, संक्रामक तथा सरुवा रोग अस्पताल गण्डकी प्रदेशलाई १५, पोखरा महानगरपालिका वडा नम्बर २१ लाई ५, म्याग्दीलाई -
विज्ञापनको भर परेर आँफै औषधि किनेर नखानुस् : स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश
जेठ २५, कास्की, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले आज एक सूचना जारी गर्दै विज्ञापन सुनेको भरमा आँफै बजारबाट औषधि किनेर नखान सर्वसाधरणलाई सचेत गराएको छ । कोरोना महामारीका समयमा विभिन्न खालका कोरोना विरुद्धको आयुर्वेदिक औषधि भन्दै विक्री वितरण गरेको सूचनाहरु आएकोले कार्यालयले सर्वसाधरणलाई सचेत गराएको -
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले जेठ २७ मा विश्वासको मत लिने
जेठ २५, पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिनुहुने भएको छ । प्रदेश सभाबाट विश्वासको मत लिनका लागि मुख्यमन्त्री गुरुङले आज (मंगलबार) प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएको हो । यसअघि वैशाख २६ गते मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिनुभएको थियो -
देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार भन्दा बढि, गण्डकीमा थप दश जनाको मृत्यु
जेठ २५, पोखरा, कोरोना परीक्षण गराउनेको संख्या घटेसँगै गण्डकीमा संक्रमण पुष्टि हुनेको संख्यामा पनि कमी आएको छ । पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २८२ जनाको परीक्षणमा ५१८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । पछिल्ला दिनमा कोरोना प्रति -
आजदेखि चिनियाँ खोप लगाउन सुरु गरिँदै, पोखरामा भने आउँदो २७ गतेबाट सुरु गरिने
जेठ २५, पोखरा, आजदेखि कोरोना विरुद्धको चिनियाँ खोप भेरोसेल लगाउन थालिने भएको छ । चीन सरकारद्वारा अनुदानमा उपलब्ध कोरोनाविरुद्धको खोप मंगलबारदेखि लगाउन सुरु गरिने स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ । देशव्यापी रूपमा स्थानीय तहको समन्वयमा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोरोनाविरुद्धको खोप लगाइने -
पोखरा आसपासमा हावाहुरीका कारण मकै बालीमा क्षति पुगेपछि कृषकलाई समस्या
जेठ २४, कास्की, हावाहुरीसहितको पानीका कारण पोखरा र आसपासका क्षेत्रका मकैबालीमा क्षति पुगेको छ । सोमबार दिउँसो ४.३० बजेको समयमा एकाएक आएको ठूलो हावाहुरीसहितको पानीका कारण पोखरा महानगरपालिका वडा नं ३२ गगनगौंडा, बेलबुटे, मालमुल, राजाको चौतारा, वडा नं ३३ को बागमारा, लामगादी, पुडीटारलगायतका स्थानका मकै -
आर्थिक अभावमा रहेको कोरोना संक्रमित परिवारलाई कांग्रेसका युवाद्धारा सहयोग
जेठ २४ , कास्की, आर्थिक अभावमा रहेको कोरोना सङ्क्रमित परिवारलाई पोखरामा क्रियाशील नेपाली कांग्रेसका युवाको सक्रियतामा सहयोग गरिएको छ । आर्थिक अभावपछि मणिपाल शिक्षण अस्पतालले निकालेको २१ दिने कोरोना सङ्क्रमित शिशुका परिवारलाई कांग्रेसको पहलमा सहयोग गरिएको हो । एक्काइस दिने शिशुसहित उनका बाबुआमा पनि सङ्क्रमित -
पोखरामा जारी ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ अभियानको सातौँ दिनसम्म एक हजार भन्दा वढिले सेवा लिए
जेठ २४, पोखरा, कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाले समस्यामा परेका व्यक्तिको गर्जो टार्ने लायन्स क्लब अफ अभियानद्वारा शुरु गरिएको ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ अभियानको सातौँ दिनसम्म एक हजार १०० भन्दा बढीले सेवा लिएका छन् । पोखराको विपी चोकस्थित चिप्लेढुङ्गामा सञ्चालन भइरहेको खाद्य बैंकमा -
कोभिशिल्ड खोप नआएपछि पोखरामा जेठ २७ गते बाट ६२ देखि ६४ वर्ष उमेर समुहकालाई ‘एस्ट्राजेनिका’ खोप लगाइने (खोप केन्द्रको तालिकासहित)
जेठ २४, पोखरा, कास्कीको पोखरा महानगरमा आगामी जेठ २७ गते बाट कोभिड विरूद्धको खोप लगाइने भएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका अनुसार पोखराका विभिन्न वडाका ६२ देखि ६४ वर्ष उमेर समुहका जेष्ठ नागरिकलाई कोभिड विरूद्धको खोप लगाइने भएको हो । सरकारले कोभिड–१९ विरुद्धको खोप -
गण्डकीमा ७ सय ९१ सहित देशभर थप ४ हजार ४ सय ७२ जनामा जनामा कोरोना संक्रमण पुष्टी
जेठ २४, पोखरा, पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका थप ७ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २ हजार ४ सय १५ जनामा गरिएको नमुना परीक्षणमा ७ सय ९१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । सोमबार पुष्टि भएका