राजनीति
-
राष्ट्रपति भण्डारी द्वारा कोभिड १९ संकट व्यवस्थापन र शपथ सम्बन्धी अध्यादेश जारी
जेठ ६, काठमाण्डौ, राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश २०७८ र कोभिड –१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ जारी गर्नुभएको छ । संविधानको धारा ७६ को उपधारा (३) अनुसार सरकारको नेतृत्व लिएर वैशाख ३१ गते पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा विवादमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले -
प्रधानमन्त्री ओली मध्यावधि चुनावको घोषणा गर्ने योजनामा
जेठ ६, काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने हुनुभएको छ । बिहीवार (आज) बसेको मन्त्रिपरिषद् बैठकले विश्वासको मत नलिइ धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको प्रक्रियाअघि बढाउने निर्णय गरेको हो । संविधानको धारा ७६ को उपधारा ५ अनुसार बनेको प्रधानमन्त्रीले पनि -
बिहीबार हुने राष्ट्रियसभा उपनिर्वाचनको तयारी सकियो, बादल र देवकोटा हेटौंडामा
जेठ ५, कास्की, बिहीबार हुने राष्ट्रियसभा उपनिर्वाचनको तयारी पूरा भएको छ । बागमती प्रदेशतर्फ राष्ट्रियसभा सदस्य रिक्त पदका लागि हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमा हुने मतदानको लागि तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत रहेका मकवानपुर जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार बिहीबार -
गण्डकीमा चार मन्त्रीद्धारा सपथ ग्रहण, पुरानै अनुहारहरुलाई नयाँ नियुक्ति
जेठ ५, पोखरा, गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिलेकै मन्त्रीलाई नियुक्त गरेसँगै प्रदेश प्रमुख सीताकुमारी पौडेलले चार मन्त्रीलाई शपथग्रहण गराउनुभएको हो । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनले विनाविभागीय मन्त्रीका रूपमा सपथग्रहण -
सहमति भएको केहि घण्टामै जसपा भित्र फेरी विवाद उत्पन्न
जेठ ४, काठमाण्डौ, जनता समाजवादी पार्टी जसपाभित्रको विवाद बल्झिएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच पार्टीलाई एकताबद्ध गरेर अगाडि लैजाने सहमति गरेर विज्ञप्ति ल्याएलगत्तै विवाद बल्झिएको हो । अध्यक्ष ठाकुरले संसदीय दलको नेतामा राजेन्द्र महतो चयन गरेको भन्दै संसद् सचिवालयमा दर्ता गर्न पठाएपछि -
प्रधानमन्त्री ओलीको शपथ विवाद : सर्वाेच्चले अन्तरिम आदेश दिन मानेन
जेठ ४, काठमाण्डौ, सर्वाेच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । फेरि शपथ ग्रहण लिनुपर्ने भन्दै परेको रिट निवेदनमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश -
सरकारको खराब व्यवस्थापनका कारण गत वर्षको तुलनामा यो वर्ष धेरै कोरोना संक्रमितको मृत्यु
जेठ ४, कास्की, सरकारको खराब व्यवस्थापनका कारण गत वर्षको तुलनामा यो वर्ष धेरै कोरोना संक्रमितको मृत्यु भएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख बाबुराम मरासिनीले बताउनुभएको छ । ‘नेपालको मृत्युदर दक्षिण एसियाका अन्य मुलुकको तुलनामा बढी छ । सरकारले राम्रो व्यवस्थापन गरेको भए यति -
समय घर्किसकेकाले प्रि–बजेटमाथि छलफल नहुने
जेठ ३, काठमाण्डौ, सङ्घीय संसद् सचिवालयले अब प्रि–बजेटमाथि छलफल चलाउन नसकिने बताएको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गतेभित्रमा बजेट ल्याइसक्नुपर्ने र अब समय घर्किसकेकाले प्रि–बजेटमाथि छलफल चलाउन नसकिने संसद् सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले जानकारी दिनुभयो । प्रवक्ता पाण्डेले नीति तथा कार्यक्रम र बजेटका -
प्रधानमन्त्री ओलीको शपथ बदर गर्न माग गरिएको रिटमाथि भोलि सुनुवाइ हुने
जेठ ३, काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गरेर दोस्रो पटक शपथ ग्रहण गराउन माग गर्दै सर्वाेच्च अदालतमा परेको रिटमाथि भोलि मङ्गलवार सुनुवाइ हुने भएको छ । ठूलो दलको हैसियतमा यही वैशाख ३१ गते शपथ लिने क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको शब्द -
मदन–आश्रितको हत्या भएको हो, यसमा ठूला शक्तिको हात छ : ऋषि कट्टेल
जेठ ३, काठमाण्डौ, वि.सं. २०५० साल जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जिप चितवनको दासढुङ्गामा दुर्घटना भयो । तर, मदन–आश्रितको रहस्यमय ढंगले हत्या भएको विभिन्न आयोगहरूले निष्कर्ष निकाल्यो । तर, मदन–आश्रितको २८ औँ स्मृति दिवस