राजनीति
-
नयाँ अध्यादेश बारे विभिन्न नेताको प्रतिक्रिया
भदौ १, काठमाण्डौ, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दल विभाजनका लागि अध्यादेश ल्याउने सरकारको निर्णयको आलोचना गर्नुभएको छ । दल विभाजन गर्न सजिलो हुने प्रावधानसहितको अध्यादेश ल्याउने मन्त्रिपरिषदको निर्णयलगत्तै सामाजिक सञ्जालमा डा. कोइरालाले अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न नसकिने प्रष्ट गर्नुभएको हो । -
एमालेका माधव नेपालसहित १४ सांसद् कारबाहीमा
भदौ १, काठमाण्डौ, नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसद्लाई कारबाही गरेको छ । मंगलबार संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले उनीहरूलाई कारबाही गरेको हो । बैठकले उनीहरूलाई सांसद्बाट पदमुक्त गर्न संसद सचिवालयलाई पत्र पठाएको छ । यस्तै निर्वाचन आयोगमा -
आज रातिदेखि सङ्घीय संसदका दुवै सदनको अधिवेशन अन्त्य : सरकार आँफै नाङ्गिन थालेको एमालेको प्रतिक्रिया
साउन ३२, काठमाण्डौ, आज (सोमवार) रातिदेखि सङ्घीय संसदका दुवै सदनको अधिवेशन अन्त्य हुने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाका अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफरिस गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भण्डारीले प्रतिनिधि सभामा पठाउनुभएको पत्र -
जसपा केन्द्रीय समिति बैठक भदौ १ देखि
साउन ३२, काठमाण्डौ, जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक भदौ १ गतेदेखि बस्ने भएको छ । दुई दिनसम्म चल्ने बैठकको एजेन्डा तय गर्न आज दिउँसो १ बजे बसेको कार्यकारिणी समितिको बैठकले केन्द्रीय समितिमा पेस हुने एजेण्डा तय गरेको नेता नवराज सुवेदीले बताउनुभयो । आगामी -
पुनर्बहालीको माग गर्दै विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्य सर्वोच्चमा
साउन ३२, काठमाण्डौ, आफूलाई गैरकानुनी ढङ्गले हटाइएको भन्दै नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा निवेदन दायर गर्नुभएको छ । आफूलाई अघिल्लो सरकारले चार वर्षका लागि नियुक्ति गरे पनि अहिले कुनै कारणविना गैरकानुनी ढङ्गले हटाइएको भन्दै शाक्यले पुनर्बहालीको माग गरेर सर्वोच्चमा निवेदन दर्ता -
अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न सभामुख सापकोटाको रुलिङ : सम्पर्कमा आउन सरकारको आग्रह
साउन ३२, काठमाण्डौ, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा विकसित घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारेमा प्रतिनिधि सभा र आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ । प्रतिनिधि सभाको आज सोमवारको बैठकमा सभामुख सापकोटाले अफगानिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षित रहने व्यवस्था गर्न, सकुशल उद्धार गर्न र उनीहरूको -
अफगानिस्तानमा रहेका नेपालीहरूलाई उद्धार गरी तत्काल स्वदेश फिर्ता गराउन सरकारको ध्यानाकर्षण : परराष्ट्र मन्त्रालयले पहल गर्दै
साउन ३१, काठमाण्डौ, सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमालेका नेताहरूले अफगानिस्तानमा रहेका नेपालीहरूलाई उद्धार गरी तत्काल स्वदेश फिर्ता गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेता रमेश लेखक र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता डा. राजन भट्टराईले -
माओवादीको केन्द्रीय कमिटीको बैठकमा टोली नेताले समूहगत ’रिपोर्ट’ बुझाए
साउन ३१, काठमाण्डौ, नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा आठ वटा समूहका टोली नेताले आ–आफ्नो समूहगत रिपोर्ट पेस गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन आठ वटा समूह बनाएर हिजो शनिवारदेखि छलफल गरिएको थियो । समूहमा पार्टीको अन्तरिम विधान -
कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधानका लागि तीन जना केन्द्रीय सदस्यलाई जिम्मेवारी
साउन ३१, काठमाण्डौ, नेपाली कांग्रेसले क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधानका लागि तीन जना केन्द्रीय सदस्यलाई जिम्मेवारी दिएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल, रमेश लेखकलाई विवाद समाधान गर्न जिम्मा दिएको हो । हिजो बसेको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यता विवाद छिटो -
महामारीविरुद्ध लड्ने हतियार खोप नै हो : देउवा
साउन ३१, काठमाण्डौ, प्रधानमन्त्री शेरबहादुर देउवाले कोरानाविरुद्धको खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो भन्नेमा सरकार पूर्ण विश्वस्त रहेको बताउनुभएको छ । कान्तिपुर इकोनमिक समिट २०२१ लाई आज आइतवार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले सरकारले कोभिड–१९ विरुद्धको तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन आर्थिक