राजनीति
-
गण्डकी प्रदेशमा काँग्रेसलाई सहयोग गर्न जनमोर्चाद्धारा ह्विप जारि
बैशाख २७, पोखरा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजिनामा दिएपछि गण्डकी प्रदेश सरकार निर्माणका लागि सत्ता पक्ष र प्रतिपक्षको दौडधुप चलिरहेको छ । सरकार निर्माणको लागि जनमोर्चाले आफ्नो सांसदहरुलाई काँग्रेस नेतृत्वको सरकार निर्माण गर्नका लागि ह्विप जारी गरेको छ । जनमोर्चाकी सचेतक पियारी -
प्रधानमन्त्री नियुक्ती प्रक्रिया सुरु गर्न विपक्षिको माग (विज्ञप्ती)
बैशाख २७, काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधान अनुरुप नयाँ सरकार गठन र प्रधानमन्त्री नियुक्तीका लागि कांग्रेस, माओवादी केन्द्र र जसपाले राष्ट्रपति समक्ष माग गरेका छन् । सोमबार विज्ञप्ती जारी गर्दै संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्ती -
प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएपछि पदमुक्त
बैशाख २७, काठमाण्डौ प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत प्राप्त गर्न असफल हुनुभएको छ । सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको सभामुख अग्नि सापकोटाले घोषणा गर्नुभएको हो । १५ जना सांसद तटस्थ बसे । मतदानमा कूल २३२ -
“औचित्य र आवश्यकताको आधारमा संविधान संशोधन गर्न तयार छु” : विश्वासको मत माग्दै प्रधानमन्त्री ओली
बैशाख २७, कास्की, प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तामान सरकारलाई विश्वासको मत नदिनुपर्ने कुनै कारण नरहेको दाबी गर्नुभएको छ । प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले उल्लेख्य काम गरेकोले सरकारलाई विश्वासको मत नदिनुपर्ने कुनै कारण नरहेको बताउनुभयो । सरकारले सबै पक्षसँग छलफल -
गण्डकीमा काँग्रेसको अगुवाइमा नयाँ सरका गठनका लागि आवश्यक तयारी शुरु
बैशाख २७, पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि प्रमुख प्रतिपक्ष दल काँग्रेसको अगुवाइमा नयाँ सरका गठनका लागि आवश्यक तयारी शुरु भएको छ । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सीता कुमारी पौडेलले तीन दिनको समयसीमा तोकेर दुई वा त्यो भन्दा बढी दलहरूको -
गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य
बैशाख २७, पोखरा, गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । गण्डकी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख सीता पौडेलले अधिवेशन अन्त्य गर्नुभएको हो । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबिरुद्ध ल्याइएको अविश्वास प्रस्ताव माथि छलफल गर्न बोलाइएको प्रदेश सभाको विशेष अधिवेशन चलिरहँदा मुख्यमन्त्री गुरुङले पदबाट राजिनामा दिएसँगै -
प्रधानमन्त्रीलाई मतदान नगर्नेलाई कारबाही हुन्छ : भट्टराई
बैशाख २७, काठमाण्डौ नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आजको संसद् बैठकमा अनुपस्थित हुने वा प्रधानमन्त्रीलाई मतदान नगर्ने एमालेका सांसदलाई कारबाही गर्ने बताउनुभएको छ । केहि बेर अगाडि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, ‘हामीले हिजै प्रधानमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन गरिसकेका छौँ । बैठकमा -
माधव नेपाल पक्षले राजीनामा नदिने, ओलीलाई मत पनि नदिने
बैशाख २७, काठमाण्डौ नेकपा एमालेका माधव नेपाल पक्षले तत्काल सांसदबाट राजीनामा नदिने भएका छन् । तर उनीहरु आज बस्ने संसद बैठकमा पनि नजाने भएका छन् । सिंहदरबारमा बसेको नेपा पक्षीय सांसदहरुको बैठकले सामूहिक राजीनामा पनि नदिने र संसदको बैठकमा पनि नजाने निर्णय गरेको नेता भीम -
प्रधानमन्त्री ओलीले विश्वासको मत लिन आज प्रतिनिधिसभाको बैठक बस्दै
बैशाख २७, काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनको लागि आज प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो १ बजे शुरू हुने बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो वक्तव्यसहित विश्वासको मत माग्नुहुनेछ । प्रतिनिधि सभामा हाल २७१ जना कायम सङ्ख्या रहेको छ । प्रधानमन्त्रीले विश्वासको मत पाउन १३६ -
आफ्नो सरकारले राम्रो काम गरेको मुख्यमन्त्रीको दाबि, जनमोर्चाद्धारा सरकारलाई दिएको सर्मथन फिर्ता
बैशाख २७, पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएपछि आफ्नो वक्तव्य जारि गर्दै आफ्नो सरकारले जनताकोलागि राम्रा कामहरु गरेको दाबि गर्नुभएको छ । उहाँले आफ्नो सरकारले राम्रो काम गरेको प्रदेशका जनताले महशुस गरेकाले गलत तत्वहरुलाई तिनै जनताले पाखा लगाउने दाबि गर्नुभभएको छ ।