समाज
-
गण्डकी प्रदेशसभामा आर्थिक वर्ष २०७८/७९ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत
जेठ १७, कास्की, गण्डकी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०७८÷७९ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ । सोमबारको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले आगामी बजेट कोरोना महामारीका कारण सिर्जित चुनौतीको सामना गर्दै जनजीवनलाई समान्यीकृत बनाउन र वर्तमान सरकारले -
नेपालमा पनि कोरोना संक्रमण पछि ‘ब्ल्याक फंगस’ भएका बिरामीको शल्यक्रिया
जेठ १७, काठमाण्डौ, कोरोना संक्रमणका कारण ‘ब्ल्याक फंगस’ भएका एकजना पुरुषको वीर अस्पतालमा शल्यक्रिया गरिएको छ । सर्लाहीका ३१ वर्षीय पुरुषमा कोरोना संक्रमणपछि ब्ल्याक फंगसको समस्या देखिएको थियो । उनको वीर अस्पतालमा सोमबार नाक, कान, घाँटी (इएनटी) सर्जन त्रिदीप बहादुर पन्थको नेतृत्वमा शल्यक्रिया भएको हो -
देशभर कोरोना संक्रमण दर घट्दा गण्डकीमा थप १७ जनाको संक्रमणबाट मृत्यु
जेठ १७, पोखरा, सोमबार गण्डकी प्रदेशका थप ८ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीका १ हजार ८३२ जनामा गरिएको नमुना परीक्षणमा कास्की जिल्लाका १ सय ५६ जना सहित थप ८४२ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । -
शेयर बजारमा फेरि नयाँ रेकर्ड कायम
जेठ १६, काठमाण्डौ, शेयर बजारमा फेरि नयाँ रेकर्ड कायम भएको छ । कारोबार हुने हप्ताको पहिलो दिन आईतबार एकै दिन १७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएसँगै नयाँ रेकर्ड कायम भएको हो । यसअघि पौने १५ अर्ब रुपैयाँ कारोबार भएर रेकर्ड कायम राखेकोमा त्यो रेकर्ड तोड्दै -
अध्यादेशमार्फत बजेट ल्याएर सरकारले संविधानको उल्लङ्घन गर्यो : विपक्षी गठबन्धन
जेठ १६, काठमाण्डौ, विपक्षी गठबन्धनको बैठकले प्रतिनिधि सभा विघटन गरी सरकारले अध्यादेशमार्फत बजेट ल्याएर संविधान उल्लङ्घन गरेको निष्कर्ष निकालेको छ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको खनाल–नेपाल समूह, -
आफ्नै पार्टीभित्रैका नेताबाट देशका लागि अनिष्ट हुने काम भयो : प्रधानमन्त्री ओली
जेठ १६, काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीभित्रैका नेताबाट देशका लागि अनिष्ट हुने काम भइरहेको बताउनुभएको छ । तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसदीय प्रणाली र दलीय प्रणालीमा विश्वमै कतै नहुने घटनामा नेपालमा भइरहेको बताउनुभयो । उहाँले -
बजेट कार्यान्वयन हुनेमा शङ्का नगर्न अर्थ मन्त्री पौडेलको आग्रह
जेठ १६, काठमाण्डौ, अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्ष २०७८÷०७९ को बजेट कार्यान्वयन हुनेमा शङ्का नगर्न आग्रह गर्नुभएको छ । आउँदो आर्थिक वर्षका लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटको सम्बन्धमा आइतवार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थ मन्त्री पौडेलले कार्यान्वयन गर्ने योजना, प्रतिबद्धता र -
पूर्ण खोप पछि मात्र व्यवसाय खोलिने : पश्चिमाञ्चल होटल संघ
जेठ १६, कास्की पश्चिमाञ्चल होटल संघ पोखराले होटल संचालक, कर्मचारी र मजदूरले कोभिड– १९ विरुद्धको खोप लगाएपछि मात्र व्यवसाय संचालन गर्न सकिने स्पष्ट पारेको छ । संघका अध्यक्ष विकल तुलाचनले एक विज्ञप्ति जारी गरी निषेधाज्ञा हटे पनि होटलका कर्मचारी र परिवारको जीवन जोखिममा राखेर व्यवसाय -
गण्डकी प्रदेश सरकारको पहिलो प्राथमिकता मानव जीवनरक्षा, प्रदेशका ११ जिल्लाका लागि दुई करोड नौ लाख रुपैयाँ वितरण गर्ने
जेठ १६, कास्की, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएको बताउनुभएको छ । पोखरा पर्यटन परिषद्ले आयोजना गरेको अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा उहाले कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएर नागरिकको जीवनरक्षाका लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गरेको दाबि गर्नुभएको छ -
अध्यादेश मार्फत सरकारद्धारा बितरण मुखि बजेट सार्वजनिक
जेठ १५, कास्की सरकारले मतदातालाई खुशी पार्ने हिसाबले बजेट ल्याउने तयारी गरेको भन्दै आलोचना भैरहँदा सार्वजनिक भएको बजेटमा धेरै लोकप्रिय कार्यक्रम समेटिएका छन् । अध्यादेशमार्फत सार्वजनिक भएको बजेटमा कोरोना रोकथाम र नियन्त्रणमा जोड दिइएको छ । खोप किन्न र अस्पतालको पूर्वाधार बढाउन पर्याप्त रकम विनियोजन