समाज
-
भारतको महाराष्ट्रमा बाढी र पहिरोमा परि मृत्युहुनेको सङ्ख्या १ सय २९ पुग्यो
एजेन्सी,साउन ९, कास्की, भारतको महाराष्ट्रमा केही दिनयता लगातार मुसलधारे पानी पर्दा आएको बाढी र पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या एक सय २९ पुगेको छ । कयौँ मानिसहरु पहिरोमा फसेका छन् । पहिरोमा फसिरहेकाहरुको उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको उद्धारका लागि हेलिकप्टरको सहयोग -
आजेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउने
साउन ९, काठमाण्डौ, जिल्ला प्रशासन कार्यालय काठमाडौले शनिबार (आज)देखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । यातायात सञ्चालनको व्यवस्था मिलाउन प्रशासनले यातायात व्यवसायीहरुलाई आग्रह समेत गरेको छ । त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायतका निकायहरूका परीक्षा सार्वजनिक भएकाले देशका विभिन्न -
आज गुरु पूर्णिमा एवं व्यास जयन्ती
साउन ९, कास्की, आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । आज विश्व भरी छरिएर रहेका हिन्दू हरुले आफ्नो गुरु लाई सम्झने र सम्भव भए सम्म भेटेर आशिर्वाद लिने गर्दछन -
राष्टिय भूमि अधिकार मञ्च कास्कीद्धारा भूमि सम्बन्धी आयोग खारेजको विरोध
साउन ८, कास्की, सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्न लागेको भन्दै राष्टिय भूमि अधिकार मञ्च कास्कीले विरोध गरेको छ । स्थानीय तहमार्फत भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको लगत संकलनदेखि जग्गा नापजाँचको काम समेत भइरहेको अवस्थामा आयोग खारेज गर्नु गलत भएको मञ्चले -
पोखराको फेवासिटीमा हस्पिटलमा स्याङ्जाकी एक युवतीको मृत्यु भएपछि युवतीको परिवार आन्दोलित
साउन ८, कास्की, कास्कीको पोखरामहानगरपालिका नागढुंगा स्थित फेवा सिटी हस्पिटलमा उपचाररत बिरामीको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । स्याङ्जाकी एक युवतीको पत्थरीको शल्यक्रिया असफल भई मृत्युभएको अस्पतालले बताएपछि युवतीका परिवार आन्दोलित भएका छन् । आँधिखोला गाउँपालिका वडा नं. ६ शेरा घर भएकी २६ वर्षीया -
पोखरा–ढाका सिधा हवाइ उडान वारे विमान बंगलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायी बिच छलफल
साउन ८ , पोखरा, पोखरा–ढाका सिधा हवाइ उडान तयारीबारे छलफल भएको छ । नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा विमान बंगलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीले सो विषयमा आवश्यक पहलबारे छलफल गरेका हुन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय -
आजपनि विभिन्न प्रदेशमा भीषण वर्षाको सम्भावना
साउन ८, कास्की, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका केही ठाउँमा भीषण वर्षाको सम्भावना रहेको छ। भीषण वर्षा हुने क्षेत्रको पहाडी भू(भागमा पहिरो र नदी तथा खोलामा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। शुक्रबार बिहान -
लायन्स क्लब अफ पोखरा पुस्पान्जलीद्धारा नयाँ कार्यसमितिलाई माइन्यूट हस्तान्तरण एवं सम्मान कार्यक्रम सम्पन्न
साउन ७, पोखरा, लायन्स क्लब अफ पोखरा पुस्पान्जलीले नयाँ कार्यसमितीलाई माइन्यूट हस्तान्तरण एवं सम्मान कार्यक्रम (Minute Handover and Award ceremony ) गरेको छ । पोखराको लेकसाइड स्थिती होटल क्विन्स पार्कमा वर्ष २०२०र२१ को कार्यसमिती बाट बर्ष २०२१र२२ को नवनिर्वाचित कार्यसमितिलाई संस्थाको माईन्यूट हस्तान्तरण गरेको हो -
लायन्स क्लब अफ पोखरा पुस्पाञ्जलीद्धारा विभिन्न निर्णय गर्दै बर्ष २०२१/२२ को पहिलो बोर्ड बैठक सम्पन्न
साउन ७, कास्की, लायन्स क्लब अफ पोखरा पुस्पान्जलीले बर्ष २०२१/२२ को पहिलो बोर्ड बैठक मार्फत विभिन्न विषयमा निर्णय गरेको छ । वर्ष २०२१/२२ का नवनिर्वाचित सदस्यहरुलाई माइन्युट हस्तान्तरण गर्दै आफ्नो पहिलो बैठकले डिस्टृकको मुख्य कार्यक्रम लायन्स नमुना भिलेज अन्तर्गत क्लबको तर्फ बाट रु २५ हजार -
शेयर बजारमा आज ११ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार
साउन ७, कास्की, शेयर बजार परिसूचक नेप्से आज बिहीवार झन्डै १९ अङ्कले बढेको छ । नेप्से आज १८ दशमलव ७५ अङ्कले बढेर तीन हजार चार दशमलव ३१ विन्दुमा पुगेको छ । आज बैंकिङ समूहको शेयर साढे ३५ अङ्कले,जलविद्युत समूहको २४, फाइनान्स र निर्जीवन बीमा समूहको