राजनीति
-
राजमोका थपाको पद खारेज नगर्न सर्वोच्चद्धारा अन्तरिम आदेश, अब पनि आफ्नो अडान नछाड्ने थापाको भनाई
जेठ २३, कास्की गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापाले आफ्नो पद पुनः बहाली गराउने सर्वाेच्च अदालतको अन्तरिम आदेशले जनताको भावनाको कदर भएको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चाबाट निर्वाचित बागलुङ क्षेत्र नम्बर १ (क) का सांसद थापालाई पार्टीको निर्देशन नमानेको भन्दै पदमुक्त गरिएको विरुद्धमा परेको रिटमा आज -
ढुंगा, गिट्टी, र बालुवा निकासी खुला गर्ने निर्णय फिर्ता लिन नागरिक समाजको माग, निर्णय फिर्ता नलिए सत्याग्रह गर्ने शान्ति समाजको चेतावनी
जेठ २२, कास्की, बजेट मार्फत ढुंगा, गिट्टी, बालुवा तेस्रो मुलुकमा निकासी खुला गर्ने सरकारको निर्णयप्रति जागरुक नागरिक समाजले ध्यानाकर्षण भएको जनाएको छ । नागरिक समाजले शनिवार विज्ञप्ती जारी गर्दै सरकारको निर्णयको अन्तर्निहित आशय प्रष्ट नभएको तथा धेरै अन्योल र आशंका उत्पन्न भएका कारण ध्यानाकर्षण भएको -
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्धारा जेठ २७ गते विश्वासको मत लिने प्रस्ताव, विपक्षी दलहरु असहमत
जेठ २२, पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने प्रस्तावअघि सार्नुभएको छ । प्रदेशसभाको ठूलो दलको नेताको हैसियतले वैशाख २७ गते गुरुङले मुख्यमन्त्रीको सपथ लिनुभएको थियो । संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्रीले एक महिनाभित्र सदनमा आफूसँग बहुमत -
अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको ५० लाख खोप दिन लागेको भन्ने सुचना नै गलत
जेठ २२, एजेन्सी, अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस प्रशासनले बिहीबार २५ मिलियन अर्थात अढाइ करोड डोज कोरोनाभाइरस भ्याक्सिन विभिन्न देशहरुलाई बाँड्ने घोषणा गर्यो । यो घोषणालगत्तै नेपालले कति खोप पाउन लागेको हो भन्ने विषयमा चर्चा बढ्यो । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले अमेरिकालाई धन्यवाद -
ओली शैली : स्थिरता दिने वाचा गर्ने, मन्त्री फेरिरहने
किशोर दहाल, जेठ २२, काठमाडौं, २०७३ भदौमा उपचारका लागि बैंकक प्रस्थान गर्नुअघि अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरे– एक महिना बित्न लाग्दा त प्रचण्डजीले मन्त्रिपरिषद् गठन गर्न सक्नुभएको छैन । अरु के गर्नुहोला ? कति महिना मन्त्रिपरिषद् विस्तार गर्न -
ओली नेतृत्वको सरकारमा १२ मन्त्री थपिंदा १३ जना विदा
जेठ २२, कास्की, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको हो । त्यसका लागि मौजुदा मन्त्रिपरिषदबाट एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन मन्त्रीलाई हटाउनुभएको छ । नयाँ -
डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्रामको अकाउन्ट दुई वर्षका लागि बन्द
जेठ २२, एजेन्सी, अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट बन्द भएको छ । फेसबुकले दुई वर्षका लागि अकाउन्ट बन्द गरेको जनाएको छ । यसअघि गएको जनवरी महिनामा पनि उहाँको अकाउन्टमा अनिश्चितकालसम्मका लागि प्रतिबन्ध लगाइएको थियो । फेसबुकको स्वतन्त्र छानबिन बोर्डले गएको जनवरी -
गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका थापाद्वारा पार्टिको निर्णय विरुद्ध सर्वाेच्चमा रिट
जेठ २१, कास्की, गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापाले कारबाही फिर्ताका लागि सर्वाेच्च अदालतमा रिट दायर गरेका गर्नुभएको छ । उहाले आफूले पार्टी नछोडेको र ह्वीप पनि उल्लंघन नगरेको भन्दै विना आधार पार्टीले असंवैधानिक तरिकाले कारबाही गरेको भन्दै सर्वोच्चमा रिट दर्ता -
इजरायलमा नेतान्याहुको १२ वर्षे शासनकाल अन्त्य हुँदै
जेठ २०, एजेन्सी, इजरायलमा बेन्जामिन नेतान्याहुको १२ वर्षे शासनकाल अन्त्य हुने भएको छ । विपक्षी दलहरु गठबन्धन सरकार बनाउनका लागि सहमत भएसँगै प्रधानमन्त्री नेतान्याहुको १२ वर्षे शासनकाल अन्त्य हुन लागेको हो । विपक्षी दलहरुले रोलक्रमका आधारमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने सहमति गरेका बीबीसीले जनाएको छ । -
नेपाल वित्तीय संस्था कर्मचारी सङ्घद्धारा आन्दोलनको चेतावनी
जेठ २०, काठमाण्डौ, सामाजिक सुरक्षा कोषले बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा सूचीकरणका लागि दबाब दिएको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ (फियन) ले आन्दोलनको चेतावनी दिएको छ । सामाजिक सुरक्षा कोषले एक सूचना निकाल्दै २०७८ असार मसान्तसम्म योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सुचीकृत