राजनीति
-
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा : प्रदेश प्रमुखद्धारा बहुमतको नयाँ सरकार गठनका लागि आह्वान
साउन २७, रुपन्देही, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । आज (बुधबार) दिउँसो प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको हो । पोखरेलको राजीनामासँगै विपक्षी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने निश्चितजस्तै भएको छ । विपक्षी -
विशेष महाधिवेशन गरेर भएपनि पार्टीको इज्जत जोगाउनुपर्छ : कांग्रेस नेता केसी
साउन २७, चितवन, नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले विशेष महाधिवेशन गरेर भएपनि पार्टीको इज्जत जोगाउनुपर्नेमा जोड दिनुभएको छ । बुधबार भरतपुर विमानस्थलमा नेपाल प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले अन्य ऐन कानून भन्दापनि नेपालको संविधानलाई हेक्का राख्नुपर्ने र भदौ महिनामै महाधिवेशन -
संविधान त्रुटिपूर्ण छ, अख्तियारले म माथि दुस्मनी साँध्यो : विजयकुमार गच्छदार
साउन २७, काठमाण्डौ, सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले संविधान त्रुटिपूर्ण रहेको भन्दै त्यसलाई सच्याउने कामको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताउनुभएको छ । बुधबार विश्व आदिवासी दिवसको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका गच्छदारले आफ्नो ५० वर्षे राजनीतिक -
एमसीसी राष्ट्रिय सहमतिमा पास हुनुपर्नेमा सभामुख सापकोटाको जोड
साउन २७, काठमाण्डौ, सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीमा राष्ट्रिय सहमति होस् भन्ने चाहना रहेको बताउनुभएको छ । बुधबार आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै उहाले एमसीसीमा राष्ट्रिय सहमति हुनुपर्ने बताउनुभएको हो । ‘एमसीसीको विषयमा म तटस्थ ढंगले अध्ययन गरिरहेको छु, यो अगाडि बढाउने सन्दर्भमा -
सरकारलाई स्पष्टिकरण नदिई रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईद्धारा राजीनामा
साउन २७, काठमाण्डौ, नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिनुभएको छ । उहाँले सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको भन्दै त्यसको जवाफ नदिई राजीनामा घोषणा गरेको बताउनुभयो । अहिलेको सरकारलाई विकास विरोधी र जनविरोधी भन्दै उहाँले यस्तो सरकार अन्तर्गत गरेर पदीय जिम्मेवारी निभाउन नसकिने -
कुलमानद्धारा प्राधिकरणमा पदबहाली : नागरिकलाई सर्वसुलभ बिजुली दिने प्रतिबद्धता
साउन २७, काठमाण्डौ, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गर्नुभएको छ । उहाँले आज बुधवार दिउँसो साढे १ बजे विद्युत् प्राधिकरणमा पुगेर पदबहाली गर्नुभएको हो । उहाँलाई प्राधिकरणका उपकार्यकारी निर्देशकहरू, कर्मचारी र आधिकारिक ट्रेड युनियनले स्वागत गरेका छन् । उनीहरूले घिसिङको पहिलो -
कोरोनाविरुद्धको खोप किन्न एडीबीसँग सरकारले १९ अर्ब ५८ करोड ऋण लियो
साउन २७, काठमाण्डौ, कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । आज बुधवार अर्थ मन्त्रालयमा भएको कार्यक्रममा नेपाल सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र एसियाली विकास बैंकका -
खाँण गृहमन्त्री बनेपछि प्रहरी र सशस्त्रमा भद्रगोल
साउन २७, काठमाण्डौ, गत असार २९ गते गृहमन्त्रीको पदबहालीलगत्तै बालकृष्ण खाँणले दुवै प्रहरी संगठन ९नेपाल प्रहरी र सशस्त्र प्रहरी बल० लाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने घोषणा गरेका थिए। आफ्नो कार्यकालमा प्रहरीमा हुने सरुवा, बढुवालगायतमा कुनै हस्तक्षेप नहुने भन्दै उनले त्यस्तो भनसुनका लागि कष्ट नगर्नसमेत आग्रह -
विद्युत् प्राधिकरणमा कुलमानको ‘कमब्याक’
साउन २७, काठमाण्डौ, नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको कमब्याक भएको छ । ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । एक मन्त्रीका अनुसार ऊर्जा मन्त्रालयले घिसिङलाई फोन गरेर उनको नियुक्तिबारे जानकारी दिइसकेको छ । वर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई -
राष्ट्रिय सभामा तुईन काण्डका दोषिलाई कारवाहि देखि भारतले मिचेको भूमि फिर्ता ल्याउनु पर्ने माग
साउन २६, काठमाण्डौ, राष्ट्रिय सभाका सांसदहरूले तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको घटनाबारे अझै पनि सत्य÷तथ्य बाहिर ल्याउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । मङ्गलवार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद दीपा गुरुङले महाकाली नदीमा बेपत्ता भएका धामीको घटनाको