पोखराको समाचार
-
‘भू माफिया’ले बन्द गराएको बाटो स्थानीयले खुलाए
पोखरा । गत भदौ १४ गतेदेखि बन्द गराईएको पोखरा महानगरपालिका वडा नं २१ मा रहेको द्वार कस्यार घाटसम्म पुग्ने बाटो स्थानीयहरुले बिहिबार खुलाएका छन् । छुचीको गौँडादेखि कस्यार घाटसम्मको उक्त बाटो प्रयोग गर्दै आईरहेका स्थानीय समुदाय, संघ संस्थाका प्रतिनिधिहरुले पत्रकारहरुको रोहवरमा बाटो खुलाएका हुन । -
पोखरा घुम्न आएकी युवती पौडी खेल्ने क्रममा डुबेर मृत्यु
पोखरा पोखरा महानगरपालिका २२ फुस्रे खोलाको रहमा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका घर भई पोखरा घुम्न आएकी २५ बर्षिय अनु भण्डारी पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । काभ्रेपलाञ्चोक पनौती नगरपालिका घर भएकी -
लायन्सद्धारा बिधालयमा शुद्ध खानेपानी सहितको टंकी हस्तान्तरण
पोखरा । पोखरा महानगरपालिका वडा नं. १५ फलेपाटन स्थित शिद्व मा बी मा शुद्व खानेपानी सहितको टंकी हस्तान्तरण भएको छ । लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र लायन्स क्लब अफ पोखरा पिस टाउनको संयुक्त आयोजना र केस्टेभिन स्लेफोर्ड बिद्यालय यू.के.को आर्थिक सहयोगमा स्विस टेक्ननोलोजी अनुरूप -
घटस्थापनाका दिन सार्वजानिक विदा दिन क्षत्री समाज नेपालको आग्रह
पोखरा । राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति क्षत्री एकताः आजको आवश्यकता भन्ने मुलनारालाई आत्मसाथ गर्दै क्षत्री समाज नेपाललेनेपालीहरुको महान पर्व बडा दशैँको पहिलो दिन घटस्थापनाका दिन सार्वजानिक विदा दिनमाग गरेका छन् । समाजका प्रतिनिधि टोलीद्वारा गण्डकी प्रदेशका प्रमुख बाबुराम कुवँर,प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी, -
काँग्रेसको जागरण अभियान पोखरा ४ मा
पोखरा । नेपाली काँग्रेस जागरण अभियान अन्तर्गत दोस्रो चरणमा क्षेत्र नं २(ख) सहित कास्कीका विभिन्न स्थानमा जागरणसभा जारी रहेको छ । त्यसक्षेत्र अन्तर्गत पोखरा ४ र पोखरा २० भलाममा पनि छुट्टाछुट्टै जागरणसभा भएको जिल्ला सदस्य एवं प्रचार संयोजक नवीन सिग्देलले जानकारी दिए । आगामी उपनिर्वाचनमा -
संविधानमा प्रश्न उठाउने बेला भएको छैन ः मुख्यमन्त्री गुरुङ
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान गतिशिल दस्तावेज रहेका कारण जनताको चाहना र भावना अनुसार परिर्वतन गर्न सकिने बताएका छन् । चौथो संविधान दिवसको अवसरमा जनआन्दोलन शहिद परिवार तथा घाइते समन्वय समिति र शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखरा, ले संयुक्त रुपमा आयोजना -
पोखरामा जितिया पर्व
पोखरा । पोखरार माताहरु आफ्ना सन्तानको दीर्घायुका लागि मनाइने जितिया पर्व आजदेखि विधिपूर्वक शुरु भएको छ । पर्वको पहिलो दिन आज बर्तालु माताहरु स्नान गरी चोखो हुने, भोलि बिहान सूर्योदय हुनुअगावै सप्तमी तिथिको अवधिभित्रको समयमा ‘ओठङ्न’ गर्ने र त्यसपछि शुरु हुने उपवास आइतबार अपराह्न ४ -
पोउवा संघद्धारा ६५ औँ अधिवेशनको सन्दर्भमा मानव सेवा आश्रमलाई दराज सहयोग
पोखरा । पोखरा उद्योग वाणिज्य संघले आफ्नो ६५ आँै अधिवेशनको सन्दर्भमा पोखराको बिरौटामा रहेको मानव सेवा आश्रमलाई पाँचवटा स्टिल दराज प्रदान गरेको छ । आश्रममा रहेका आश्रितहरुको कपडा व्यवस्थित तरिकाले राख्ने प्रयोजनका निम्ति करिब ४० हजार बराबरका दराज प्रदान गरिएको हो । संघकी उपमहासचिव चिनु -
दशनामी युवाको भेला तथा अधिवेशन पोखरामा सम्पन्न
पोखरा । नेपाल दशनामी युवा समाजको प्रथम राष्ट्रिय भेला तथा अधिवेशन पोखरामा सम्पन्न भएको छ । अधिवेशनले सुरेश गिरीलाईअध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । त्यसैगरि समितिको बरिष्ठ उपाध्यक्षमा पोखराका अर्जुन गिरी, उपाध्यक्षमा बुटवलका अर्जुन गिरी, महिला उपाध्यक्षमा काठमाडौँकी शान्ता गिरी, महासचिवमा विराटनगरका जंगराज गिरी, -
नेपाल मालिका परोपकारको चौथो अधिवेशन तथा आठौ साधारण सभा सम्पन्न
पोखरा । नेपाल मालिका परोपकारको चौथो अधिवेशन तथा आठौ साधारण सभा सम्पन्न भएको छ । अधिवेशनले फेरि पनि अमर पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । जसको वरिष्ठ उपाध्यक्षमा आइत कुमारी गुरुङ्, उपाध्यक्षमा हिरा पराजुली, चन्द्रकला के.सी, नरमाया गुरुङ् , महासचिवमा जावन श्रीस, सचिवमा